+
+

सिक्चेतमा देखिएको खाद्यान्‍न समस्या समाधान गर्न पहल गर्छु : गृहमन्त्री खाण

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज ८ गते १८:१६

८ असोज, काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणले पहिरोले सडक अवरुद्ध गोरखाको चुमनुबरी गाउँपालिकाका-६ को सिक्चेत गाउँमा देखिएको समस्या समाधान गर्न पहल गर्ने बताएका छन्।

‘चूम सिक्चेत मानखाङ गुम्बा’को उद्घाटन गर्न शुक्रबार सिक्चेत पुगेका मन्त्री खाणले सडक अवरुद्ध हुँदा देखिएको खाद्यान्‍न समस्या समाधानका लागि तत्काल पहल सुरु गर्ने बताए।

गत भदौ दुई गते लोक्पा र सर्दी भिरमा गएको पहिरो अझै नरोकिदा सिक्चेत गाउँमा अहिलेसम्म खाद्यान्न पुग्न सकिरहेको छैन। मानिसहरू आवतजावत गर्न पनि समस्या भइरहेको छ ।

मन्त्री खाणले पहिरो हटाउनका लागि आफ्नो मन्त्रालयबाट हुने काम गर्न सँगै गएका मन्त्रालयका प्रवक्ता सहसचिव फणिन्द्रमणि पोखरेललाई निर्देशन दिए । साथै अन्य सरोकारवाला निकायसँग पहिरो हटाउने विषयमा पहल गर्ने मन्त्री खाणले प्रतिबद्धता जनाए ।

उनले सिक्चेतमा देखिएको खाद्यानको समस्या समाधान गर्न मन्त्रालयको विपद् व्यवस्थापन महाशाखामार्फत प्रक्रिया सुरु गर्ने बताए ।

‘पहिरोले यहाँ आउने मुल सडक अवरुद्ध हुँदा देखिएको खाद्यान्न समस्या समाधानका लागि मन्त्रालयको विपद व्यवस्थापन महाशाखामार्फत प्रक्रिया सुरु हुन्छ। आवश्यक खाद्यान्न हेलिकोप्टरबाट भए पनि यहाँसम्म पुर्‍याउने व्यवस्था हुन्छ,’ मन्त्री खाणले भने।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?