+
+

काठमाडौंलाई ललितपुरले दियो १५८ रनको लक्ष्य

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज ९ गते १४:०९

९ असोज, काठमाडौं । एभरेष्ट प्रिमियर लिग (ईपीएल) को शनिबार भएको उद्घाटन खेलमा साविक विजेता ललितपुर प्याट्रिओट्सले काठमाडौं किंग्स-११ लाई १५८ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ  गरेको ललितपुरले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १५७ रन बनायो । ललितपुरका लागि पवन सर्राफले ६१ रन बनाए । काठमाडौंका जितेन्द्र मुखियाले ४ विकेट लिए ।

खेलको पहिलो बलमै ललितपुरका कप्तान कुशल भुर्तेल आउट भएका थिए । त्यसै ओभरमा सन्दुन विराकोडी २ रन बनाएर आउट भए । दोस्रो ओभरमा गुल्सन झाले ओसादा फर्नान्डोलाई आउट गरेपछि ललितपुरले ७ रनमै ३ विकेट गुमायो ।

त्यसपछि शंकर राना र पवन सर्राफले ललितपुरको इनिङ्स सम्हाले । यी दुईले तेस्रो विकेटका लागि ५६ रनको साझेदारी गरे । शंकर राना १४ रन बनाएर १० औं ओभरमा आउट भए ।

त्यसपछि पवन र योगेन्द्र सिंह कार्कीले पाँचौं विकेटका लागि ६२ रनको साझेदारी गरे ।

दुवैलाई काठमाडौंका रायन बर्लले १७ औं ओभरमा आउट गरे । पवनले ४४ बल खेल्दै ५ चौका र ४ छक्का मद्दतमा ६१ रन बनाए । योगेन्द्रले २० बल खेल्दै ३ छक्का मद्दतमा ३३ रन जोडे ।

काठमाडौंका जितेन्द्र मुखियाले ४ ओभरमा १८ रन खर्चेर ४ विकेट लिए । रायन बर्लले ४ ओभरमा २० रन खर्चेर २ विकेट लिए । गुल्शन झाले ४ ओभरमा ३५  रन खर्चेर २ विकेट लिए ।

कप्तान सन्दीप लामिछानेले ४ ओभरमा ४४ रन खर्चिए पनि विकेट लिन सकेनन् । यस्तै पाकिस्तानका शाहिद अफ्रिदीले ४ ओभरमा ३२ रन खर्चिए भने विकेट लिन सकेनन् ।

तस्वीर : शंकर गिरी/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?