+
+

रियल मड्रिड बराबरीमा रोकियो

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज १० गते ८:०२

काठमाडौं । स्पानिस ला लिगामा शनिबार राति भएको खेलमा रियल मड्रिडले भियारियालसँग बराबरी खेलेको छ ।

घरेलु मैदानमा रियलले भियारियालसँग गोलरहित बराबरी खेल्दै अंक बाँडेको हो ।

बराबरीपछि ७ खेलबाट १७ अंकसहित रियल शीर्ष स्थानमै यथावत छ ।

त्यसअघि एट्लेटिको मड्रिड अलाभेजसँग १-० ले पराजित भएकोले पनि बराबरीका बावजुत रियलललाई फाइदा पुगेको हो । एट्लेटिको ७ खेलबाट १४ अंकसहित तेस्रो स्थानमा छ ।

स्पानयोललाई २-० ले पराजित गर्दै एट्लेटिको समान १४ अंक रहेको सेभिया दोस्रो स्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?