+
+

नेपाल प्रहरीका ११ जना सम्पर्कविहीन, हेडक्वाटरलले जारी गर्‍यो सूचना

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज १० गते १०:०३

१० असोज, काठमाडौं । गत साउन महिनादेखि सम्पर्कमा नरहेका ११ जनालाई प्रहरी प्रधान कार्यालयले सात दिनभित्र सम्पर्कमा आउन सूचित गरेको छ ।

प्रहरी प्रधान कार्यालय नक्शालले गैरहाजिर भएकाहरुको नामावली आइतबार सार्वजनिक गरेको छ र उनीहरुलाई बाटोको म्यादबाहेक सात दिनभित्र सम्पर्कमा आउन भनेको छ । तोकिएको अवधिभित्र सम्पर्कमा नआए सेवाबाट हटाउने चेतावनी दिइएको छ ।

आफूखुसी गैरहाजिर हुनेहरुमा जिल्ला प्रहरी कार्यालय बर्दिया दरबन्दी भएका प्रहरी नायव निरीक्षक चन्दरदेव जोशी लगायत छन् । कैलालीको गोदावरी घर भएका जोशी गत साउन २४ गतेदेखि सम्पर्कमा नरहेको प्रहरीले जनाएको छ ।

यसैगरी प्रहरी हबल्दारहरु हरिभक्त राई, शिवबहादुर जर्गामगर, सुमन भण्डारी, खगेन्द्र थापामगर, बिरबहादुर भण्डारी, विनोद बुढाक्षेत्री, अनिल कुमार गुरुङ, पदम बहादुर थापा श्रीस, डम्बर दियाल पनि सम्पर्कमा नरहेको प्रहरीले जनाएको छ ।

हेर्नुहोस् प्रहरी प्रधान कार्यालयले जारी गरेको सूचना –

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?