+
+

श्रीमती हत्या गरेको आरोपमा श्रीमान् पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज १० गते १२:०३

१० असोज, बाँके। प्रहरीले श्रीमतीलाई कुटपिट गरी हत्‍या गरेको आरोपमा एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कोहलपुर नगरपालिका-३ भगरीया बस्ने ३४ वर्षीय प्रकाश न्यौपाने रहेका छन् ।

प्रकाशले आफ्नै श्रीमती लक्ष्मीलाई कुटपिट गर्दा गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले उनलाई शनिबार राति प्रहरीले पक्राउ गरेको हो ।

घाइते लक्ष्मीको मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?