+
+
१९ दिन बाँकी
Election Banner

उम्मेदवारहरू

३४०६
Candidates
प्रत्यक्ष ३४०६
सामानुपातिक १२७०

हट सिटहरु

६२
Hot Seat

पार्टीहरु

६८
Parties

चुनाव क्षेत्रहरु

१६५
Constituencies
Shares

अफ्रिदीले गरे माउन्टेन फ्लाइट

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज १० गते १२:१२

१० असोज, काठमाडौं । स्टार पाकिस्तानी क्रिकेटर शाहिद अफ्रिदीले आइतबार बिहान माउन्टेन फ्लाइट गरेका छन् ।

कोरोना भाइरसको महामारीपछि यति एयरलाइन्सले आइतबारबाट सुरु गरेको माउन्टेन फ्लाइटको सुरुवात अफ्रिदीसँगै गरिएको हो ।

सगरमाथासहित दुई दर्जन अग्ला चुचुरोलाई काठमाडौंबाट हुने उडानका दौरान हेर्न सकिन्छ ।

आइतबार बिहान त्रिभुवन विमानस्थलमा अफ्रिदीलाई कम्पनीका अधिकारीहरुले जहाजमा स्वागत गरेका थिए । उनलाई एयरहोस्टेसहरुले हिमाल पहिचानमा सहयोग गरेका थिए ।

कम्पनीका प्रवक्ता सुदर्शन बर्तौलाका अनुसार आज कुल ४४ जना यात्रुसहित अपि|mदी उडानमा सहभागी भएका छन् ।

यतिले ८८४८ रुपैयाँमा दुई वटा टिकट बिक्री गर्ने गरी पर्वतीय उडान सुरु गरेको हो । उडान हरेक आइतबार हुने भएको छ । उनको उडानले विश्वभर नेपालको पहिचान फैलाउन सहयोग पुग्ने अपेक्षा कम्पनीको छ ।

तस्वीर :यति एयरलाइन्स

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?