+
+

अफ्रिदीले गरे माउन्टेन फ्लाइट

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज १० गते १२:१२

१० असोज, काठमाडौं । स्टार पाकिस्तानी क्रिकेटर शाहिद अफ्रिदीले आइतबार बिहान माउन्टेन फ्लाइट गरेका छन् ।

कोरोना भाइरसको महामारीपछि यति एयरलाइन्सले आइतबारबाट सुरु गरेको माउन्टेन फ्लाइटको सुरुवात अफ्रिदीसँगै गरिएको हो ।

सगरमाथासहित दुई दर्जन अग्ला चुचुरोलाई काठमाडौंबाट हुने उडानका दौरान हेर्न सकिन्छ ।

आइतबार बिहान त्रिभुवन विमानस्थलमा अफ्रिदीलाई कम्पनीका अधिकारीहरुले जहाजमा स्वागत गरेका थिए । उनलाई एयरहोस्टेसहरुले हिमाल पहिचानमा सहयोग गरेका थिए ।

कम्पनीका प्रवक्ता सुदर्शन बर्तौलाका अनुसार आज कुल ४४ जना यात्रुसहित अपि|mदी उडानमा सहभागी भएका छन् ।

यतिले ८८४८ रुपैयाँमा दुई वटा टिकट बिक्री गर्ने गरी पर्वतीय उडान सुरु गरेको हो । उडान हरेक आइतबार हुने भएको छ । उनको उडानले विश्वभर नेपालको पहिचान फैलाउन सहयोग पुग्ने अपेक्षा कम्पनीको छ ।

तस्वीर :यति एयरलाइन्स

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?