१० असोज, काठमाडौं । एभरेस्ट प्रिमियर लिग (ईपीएल)मा चितवन टाइगर्सले विराटनगर वारियर्सलाई २ विकेटले पराजित गरेको छ ।
आइतबार कीर्तिपुर मैदानमा भएको खेलमा विराटनगर वारियर्सले दिएको १५२ रनको लक्ष्य चितवन टाइगर्सले ८ विकेटको क्षतिमा पूरा गर्यो ।
चितवनका लागि राजेश पुलामीले आउट नभई ४३, भीम सार्कीले ३०, दिलीप नाथले २३, करिम जनतले १९ र इशान पाण्डेले १० रन जोडे ।
प्रतिक्रिया 4