
काठमाडौं । दराजले आफ्नो वार्षिक उत्सवको अवसरमा दराज दशैं धमाका योजना सार्वजनिक गरेको छ ।
यो अभियान असोज १० गतेदेखि शुरु हुने छ । यो योजनामा ग्राहकहरुले १० लाखभन्दा बढी उत्पादनहरुमा मज्जाको छुट पाउने कम्पनीले जनाएको छ ।
अभियानको मुख्य आकर्षणहरु भने निःशुल्क सिपिङ, अनलाइन प्रि–पेमेन्टमा २० प्रतिशत (अधिकतम २ हजार ५ सय रुपैयाँ) को छुट, ५ हजार रुपैयाँसम्मको मेगा भौचर, ५० हजार मूल्यको उत्पादन रु. १ मा जित्ने मौका र बम्पर उपहारको रूपमा टीभीएस एनटर्क १२५ स्कूटर रहेको छ ।
त्यसैगरी, दराजको नयाँ लाइभ स्ट्रिमि सुविधाले ग्राहकहरुलाई अभियानको अवधिमा हरेक दिन भौचर जित्ने मौका पनि प्रदान गर्ने कम्पनीको दाबी छ । अभियानको अन्य हाइलाइटहरु भने रश आवर, इमेज रिभ्यू एण्ड विन, नयाँ प्रयोगकर्ताका लागि भौचर, खेल क्षेत्रहरु, फलो एण्ड विन, बिक्रेता भौचर र फटाफट डिल रहेका छन् ।
यसैगरी कार्ड प्रिपेमेन्ट छुटको कुरा गर्दा ग्राहकहरु डेबिट कार्डको माध्यमबाट २० प्रतिशत (अधिकतम रु. २ हजार छुट) र क्रेडिट कार्डको माध्यमबाट २० प्रतिशत (अधिकतम रु. २ हजार ५ सय छुट) सम्म बचत गर्न सक्षम हुनेछन् । विशेष गरी नबिल बैंक, एनआईसी एशिया बैंक, सानिमा बैंक, ग्लोबल आईएमई बैंक, एनएमबी बैंक, माछापुच्छ्रे बैंक, बैंक अफ काठमाडौँ र सिटिजन्स बैंकका ग्राहकहरु माथि उल्लेखित पूर्व–भुक्तानीमा छुट प्राप्त गर्न सक्नेछन् ।
यसबाहेक, ग्राहकहरु एनआईसी एशिया बैंक,सनराइज बैंक, सिटिजन्स बैंक र माछापुच्छ्रे बैंकका क्रेडिट कार्डको माध्यमबाट शून्य प्रतिशत व्याजमा सजिलो मासिक किस्त योजनाको मज्जा लिन सक्नेछन् । साथै, आईएमई पे वा ईसेवा मार्फत भुक्तानी गर्ने ग्राहकहरुले १० प्रतिशत (अधिकतम रु. १ हजार) सम्मको अतिरिक्त छुट पाउन सक्नेछन् । दराज प्रयोगकर्ताहरुलाई छुट प्राप्त गर्नको लागि आफ्नो बैंक कार्ड सक्रिय गर्न सल्लाह दिइन्छ ।
दराज दशैं धमाकामा लोकप्रिय खेल १ रुपैयाँको माध्यमबाट ग्राहकहरुले १ रुपैयाँमा दुई रात तीन दिन पोखराको राउन्ड ट्रिप, रियलमी सी २१ वाई , मन्त्र मुक्ति अकुस्टिक गितार, यसुदा अल्कलाइन वाटर प्यूरिफायर र श्री बालाजी हिराको झुम्का जिन्त सक्ने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार एक ग्राहकले मात्र एक पुरस्कारको लागि खेल्न पाउने छन् । यसमा भाग लिनका लागि ग्राहकहरुले अनलाइन प्रिपेमेन्टको माध्यमबाट रु. १ प्रिपे गर्नुपर्नेछ ।
यसैगरी दशैं धमाकामा सामसुङ्गदेखि एप्पल फोनहरुमा विशेष छुटहरु रहेका छ भने रियलमी सी २१ वाईको विशेष प्रक्षेपण हुने दराजले जनाएको छ । ग्राहकहरुले असोज १० गतेदेखि विशेष गरी दराजमा रियलमी सी २१ वाईको प्रिबुक गर्न सक्नेछन् । साथै दराज दशैं धमाकाको ग्राहकहरुले आधिकारिक ब्रान्डहरुमा थुप्रै छुट पाउन सक्नेछन् । येति मात्र नभई, ग्राहकहरुले दराज जेम्सको माध्यमबाट भौचरहरु पनि सजिलै प्राप्त गर्न सक्नेछन् ।
राष्ट्रिय र अन्तर्राष्ट्रिय ब्रान्डहरुमा विशेष छुट
दशैं धमाकामा एमआई, फिलिप्स, आमय्रा, रोह्तो, कन्भर्स, लोट्टो, वाइल्डहर्न, एर्के, सीजी डिजिटल, पानासोनिक, न्यु ब्यालेन्स, बियर्डो, मी मी, मसला बिड्स, मामाअर्थ, फ्यानटेक, सामसुङ्ग र रियलमी जस्ता पार्टनर ब्रान्डहरुले ७० प्रतिशतसम्मको छुट प्रस्ताव गरिरहेका कम्पनीले जनाएको छ ।
यसका साथै दराजको ग्लोबल कलेक्सन मार्फत भारतका केही उत्कृष्ट ब्रान्ड– उस्त्र, इनविभ, आयिषा, जनास्याहरुको उत्पादन खरीद गरी ७० प्रतिशतसम्मको छुट पाउन सक्ने कम्पनीले बताएको छ।
दशैं धमाका अभियानमार्फत ग्राहकहरुले थुप्रै अफर र छुटहरु पाउने भन्दै दराज नेपालका प्रबन्ध निर्देशक लिनो अलरिङ्गले यो अभियानले ग्राहकवर्गलाई थप रमाइलो अनुभव हुने बताए ।
प्रतिक्रिया 4