+
+

संसदीय समितिले सरकारलाई सोध्यो : मणिपाल अस्पताल बिक्री भएको हो कि होइन ?

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज १० गते १७:५६

१० असोज, काठमाडौं । प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिले  पोखराको मणिपाल अस्पताल बिक्री भएको हो कि होइन ? भनी शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई सोधेको छ ।

आइतबार बसेको समिति बैठकले उक्त अस्पताल बेचबिखन भएको समाचार आइरहेको भन्दै त्यसबारे जानकारी गराउन निर्देशन दिएको हो ।

शिक्षा मन्त्रालयलाई निर्देशन दिँदै समिति सभापति जयपुरी घर्तिले भनिन्, ‘ बेचबिखन भन्ने आइरहेको छ त्यो के हो ? त्यो कुरा बुझ्न र बुझेर समितिलाई उपलब्ध गराइदिनको लागि निर्देशन दिन चाहन्छु ।’

सम्झौतापत्र पनि माग 

शिक्षा तथा स्वास्थ्य समितिले शिक्षा मन्त्रालयलाई मणिपाल अस्पतालसंगको सम्झौतापत्र समेत मागेको छ । ‘मणिपालको कुरा कम्पनीमार्फत गराएको हो भने पनि सम्झौता के छ ? पहिला हामी सम्झौता पढेर जाऔं । मन्त्रालयले हामीलाई सम्झौतापत्र उपलब्ध गराओस् । शिक्षा मन्त्रमालयलाई यो निर्देशन समिति दिन चाहन्छ’ समिति सभापति घर्तीले भनिन् ।

बैठकमा पूर्वस्वास्थ्थमन्त्री समेत रहेका नेकपा एमालेका सांसद खगराज अधिकारीले आफूले सम्झौतापत्र सरकारी अधिकारीहरुसंग माग गरेको तर, नपाएको बताएका थिए । तथापि, सम्झौता हुँदाका बेला कतिपय सन्दर्भम आफूसमेत संलग्न भएको उल्लेख गर्दै उनले मणिपाल बेचबिखन हुन नसक्ने बताए ।

सम्झौता हुँदा पहिलो पक्ष नेपाल सरकार र दोस्रो पक्ष मणिपाल कम्पनी लिमिटेड रहेको र दोस्रो पक्षले छोड्दा स्वतः पहिलो पक्षको हुनुपर्नेमा त्यसो नभएको र बेचबिखन भएको आएको उल्लेख गर्दै प्रश्न गरे । उनले मणिपाल बिक्री हुन नसक्ने जिकिर गरे ।

पूर्वशिक्षा मन्त्री समेत रहेका नेकपा माओवादी केन्द्रका सांसद गिरिराजमणि पोखरेलले मणिपालका सन्दर्भमा आएका विषय प्रष्ट हुनुपर्ने र सम्झौता अध्ययन गरेर र प्रचलित ऐन कानुन अनुसार निर्णय हुनुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?