+
+

जापान जान रोकिएका विद्यार्थीलाई पठाउने व्यवस्था गर्न संसदीय समितिको निर्देशन

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज १० गते १४:५०
फाइल तस्वीर

१० असोज, काठमाडौं । प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिले जापान जानबाट रोकिएका १३ हजार नेपाली विद्यार्थीलाई कूटनीतिक पहल गरेर पठाउन सरकारलाई निर्देशन दिएको छ ।

‘जापानमा जाने १३ हजार विद्यार्थीहरुले पैसा बुझाएका छन् । जापानले सीआई पनि गरेको छ । भिसा पठाएको छ, तर जापान जान पाइराखेका छैनन्,’ शिक्षा मन्त्रालयलाई निर्देशन दिँदै समिति सभापति जयपुर्री घर्तीले भनिन्, ‘जापानसँग कूटनीतिक पहल गरेर विद्यार्थीहरु जाने वातावरण बनाउनु प¥यो भन्ने निर्देशन दिन समिति चाहन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?