+
+

क्यानडामा काममा लगाइदिने भन्दै ठगी गरेको आरोपमा दुईजना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज १० गते १७:४८

१० असोज, काठमाडौं। महानगरीय अपराध महाशाखाले क्यानडामा फुड प्याकेजिङमा जागिर लगाइदिने भन्‍दै ठगी गरेको आरोपमा दुईजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा पथरी शनिश्चरे नगरपालिका-१० का ३६ वर्षीय नगेन्द्र विश्‍वकर्मा र सुनवर्षी नगरपालिका-८ बस्‍ने ३७ वर्षीय प्रवेज आलम रहेका छन् ।

उनीहरुले पीडित झापा कमल गाउँपालिका-६ घर भइ काठमाडौं बानेश्‍वर बस्‍ने आशिष काफ्लेलाई क्‍यानडामा फुड प्याकिङको लागि मासिक तलब २ लाख २५ हजारमा लाखमा जागिर लगाइदिने भन्‍दै आइएमइ र सिटी एक्सप्रेसमार्फत उक्त ३ लाख पठाउन लगाइ ठगी गरेको प्रहरीको दाबी छ ।

पक्राउ परेका उनीहरु दुवैजनालाई ठगी सम्बन्धि कसूरमा आवश्‍यक अनुसन्धान कारबाहीको लागि प्रहरी परिसर काठमाडौंमा पठाइएको अपराध महाशाखाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?