+
+

आयस्रोत नखुलाई लगानी गर्न पाउने व्यवस्था खारेज गर्न एमालेको माग

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज १० गते १७:५८

१० असोज, काठमाडौं  । प्रमुख विपक्षी नेकपा एमालेले आयस्रोत नखुलाई लगानी गर्न पाइने बजेटको व्यवस्थाप्रति आपत्ति जनाएको छ ।

एमाले केन्द्रीय कमिटीको आइतबार सकिएको बैठकले आफ्नो विरोधका बीच बलजफ्ती बजेट पास गरेको र त्यसमा आयस्रोत नखुलाई लगानी गर्न पाइने प्रबन्ध गरिएको भन्दै आपत्ति नजाएको छ ।

यो संविधान र नेपालले गरेका सन्धि तथा अनुबन्धहरु विपरीत भएको एमालेको ठहर छ । बजेटमार्फत गरिएको यो प्रबन्धले नेपाल कुनै पनि बेला कालोसूचीमा पर्न सक्ने भन्दै एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले भने, ‘यसले कालो धनलाई प्रश्रय दिने र वास्तविक लगानीकर्तालाई निरुत्साहित गर्नेछ । यसमा हाम्रो आपत्ति छ र तत्काल फिर्ता लिन माग गरेका छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?