
१० असोज, कैलाली । कैलालीको धनगढीस्थित नवजीवन अस्पतालमा सुत्केरीको मृत्यु भएपछि आक्रोशित आफन्तले अस्पताल घेराउ गरेका छन् । डोटीको शिखर नगरपालिका-६ की २६ वर्षीया कल्पनासिंह मल्लको आइतबार बिहान मृत्यु भएपछि उनीहरुले अस्पताल घेराउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक विश्व अधिकारीले जानकारी दिए ।
चिकित्सकको लापरबाहीका कारण सुत्केरीको मृत्यु भएको मृतकका आफन्तको आरोप छ । उनीहरुले अस्पतालसँग मेडिकल रिपोर्ट माग गर्दै मृत्युको कारण खुलाउन माग गर्दै अस्पताल घेराउ गरेका हुन् ।
शनिबार राति सुत्केरी भएकी मल्लको अवस्था गम्भीर भएपछि उक्त अस्पतालको सघन उपचार कक्षमा भर्ना गरिएको थियो । अस्पतालले भने अत्याधिक रक्तस्रावका कारण सुत्केरीको मृत्यु भएको जनाएको छ । कल्पनाले जन्म दिएको बच्चालाई अस्पतालकै एनआईसीयूमा राखिएको जनाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4