+
+

बजेटमा समावेश कार्यक्रम कार्यान्वयनमा ल्याउन कार्यविधि बनाउन शुरु

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज १० गते १९:०९

१० असोज, काठमाडौं । सरकारले बजेटमा घोषणा गरेका कार्यक्रम कार्यान्वयनमा लैजान आवश्यक कार्यविधि बनाउने काम आइतबारबाट शुरु गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले मेरुदण्ड पक्षघात समूहसँगको भेटमा यस्तो जानकारी गराएका हुन् । नयाँ बजेटले दीर्घरोगीको उपचारका लागि मासिक भत्ता व्यवस्था गरेसँगै मेरुदण्ड पक्षघात समूह नेपालले आइतबार अर्थमन्त्री जनार्दन शर्मासँग भेट गरी धन्यवाद ज्ञापन गरेको छ । भेटमा मन्त्री शर्माले सबै नागरिकको अभिभावक राज्य भएकाले दायित्व बोधका साथ मासिक उपचार खर्चको व्यवस्था बजेटमा गरिएको बताएको उनको सचिवालयले जनाएको छ ।

उनका अनुसार यस कार्यक्रमको कार्यान्वयनमा केही दिनभित्रै सरोकारवाला निकाय तथा समूहसँग बसेर कार्यविधि बनाइने छ । आइतबारदेखि बजेटमा व्यवस्था गरिएका विषयको कार्यविधि बनाउनेबारे छलफल थालेको समेत उनले जानकारी गराएका हुन् । उनकाअनुसार एक/दुई दिनभित्रै सरोकारवालासँग छलफल गरी कार्यविधि टुंगो लाग्ने उनको भनाइ छ । मन्त्री शर्माले कार्यान्वयनमा ढुक्क हुन पनि आग्रह गरे ।

मेरुदण्ड पक्षघात समूह नेपालका अध्यक्ष ऋषि ढकालका अनुसार हाल नेपालमा करिब पाँच हजार स्पाइनल कर्ड इन्ज्युरी भएका व्यक्ति छन् । उनीहरूमा घाइते भएपछि मानसिक विक्षिप्तता आउने र समाजमा अर्को दर्जाको नजरले हेर्ने प्रचलन रहेको भन्दै अध्यक्ष ढकालले मासिक भत्ताले समाजमा पुनर्स्थापना हुन टेवा पुग्ने बताए ।

स्पाइनल कर्ड इन्ज्युरी भएको व्यक्तिले अवस्थाअनुसार नियमित उपचारमा फरक खर्च हुने समूहका महासचिव केशव थापाले जानकारी दिए । उनका अनुसार पछिल्लो समय ४५० जनामा गरिएको अध्ययनले ५ देखि ८ हजारसम्म मासिक खर्च लाग्ने ५५ प्रतिशत रहेका छन् । बाँकी ४५ प्रतिशतलाई ५ हजारभन्दा कम लाग्ने अध्ययनले देखाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?