
१० असोज, काठमाडौं । ग्वार्कोस्थित ग्लोबल अस्पतालले ९५० रुपैयाँमै पीसीआर परीक्षण गर्ने भएको छ ।
अस्पतालले दशैं तिहारलाई लक्षित गरी सरकारले तोकेभन्दा कम शुल्कमा पीसीआर विधिबाट कोभिड -१९ परीक्षण गर्ने घोषणा गरेको हो ।
सरकारले पीसीआर परीक्षणका लागि निजी प्रयोगशालालाई २ हजार रुपैयाँ र सरकारी प्रयोगशालालाई १ हजार रुपैयाँ शुल्क तोकेको छ ।
अस्पतालका मेडिकल डाइरेक्टर डा. उज्वल ठाकुरले दशैं र तिहारका समयमा धेरै मानिसहरु सहर छाडेर गाउँजाने र चाडपर्व मनाएर सहर फर्कने गर्दा कोभिड-१९ को जोखिम बढी हुन सक्न कुरालाई ध्यानमा राखेर परीक्षण शुल्क कम गरिएको बताए ।
डा. ठाकुरले भने, ‘पोष्ट कोभिडका बिरामीलाई ओपीडी सेवा निशुल्क गरेका छौं । यसअन्तर्गत मिर्गौला, कलेजो,मुटु लगायतका मल्टिअर्गानहरुको परीक्षण गर्दा समेत ५० प्रतिशत छुट पाइनेछ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4