+
+

फातीको कमब्याकमा गोल, बार्सिलोनाको सहज जित

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज ११ गते ७:०१

काठमाडौं । अंशु फातीले पुनरागमन गर्दै गोल गर्दा बार्सिलोनाले स्पानपिस ला लिगामा आइतबार लेभान्टेलाई ३-० ले पराजित गरेको छ ।

घरेलु मैदानमा नोउ क्याम्पमा बार्सिलोनाका लागि डच खेलाडीद्वय मेम्फिस डिपाए र लुक डे जोङले पनि एक/एक गोल गरे ।

चोटका कारण लामो समयसम्म मान बाहिर रहेका युवा स्टार फातीले ११ महिनापछि पुनरागमन गर्दै गोल गरेका हुन् । ८१औं मिनेटमा मैदान प्रवेश गरेका उनले इन्जुरी टाइममा गोल गरेका थिए ।

दुई दशकपछि लिओनल मेस्सीले बार्सिलोना छाडेपछि फातीलाई क्लबले १० नम्बरको जर्सी दिएको थियो । फातीले नयाँ जर्सी लगाएर पहिलो खेलमै गोल गरे ।

त्यसअघि खेलको छैटौं मिनेटमै डीपाएले पेनाल्टीमा गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । यस्तै १४ औं मिनेटमा डे जोङले गोल गर्दै बार्सिलोनाको अग्रता दोब्बर पारेका थिए।

जितपछि ६ खेलबाट १२ अंक जोडेको बार्सिलोनाले अंकतालिकामा पाँचौ स्थानमा उक्लेको छ । ७ खेलबाट १७ अंक जोडेको रियल मड्रिड शीर्ष स्थानमा छ । लेभान्टे ४ अंकसहित १७औं स्थानमा छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?