+
+

पसलमा आगलागी हुँदा २ लाख ४० हजारको क्षति

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज ११ गते ८:५४

११ असोज, वीरगञ्ज । बारामा आगलागी हुँदा दुई लाख ४० हजार मूल्य बराबरको क्षति भएको छ । महागढीमाई नगरपलिका-१ बरियारपुर बजारमा आगलागी भएको हो ।

सोमबार बिहान १ः२० बजे उपेन्द्रकुमार गुप्ताको टायलले छाएको घरमा बिजुलीको तार सर्ट भई अचानक आगलागी भएको थियो ।

आगलागीबाट उपेन्द्रसहित तीन जनाको पसलमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिए । तीन वटै पसलमा गरी अन्दाजी दुई लाख ४० हजार मूल्य बराबरको समान जलेर नष्ट भएको अनुमान प्रहरीले गरेको छ ।

आगलागीमा विश्वनाथ कुशवाहाको सागर मोबाईल सेन्टरमा ब्याट्री इन्भर्टर दुई थान, मोबाइल, ल्यापटप र बुफर गरी एक लाख पाँच हजार, जितेन्द्र कुशवाहाको टिभी पसलमा राखिएको पंखा, टिभी सात वटा, दुई थान एलसीडी र एक थान एलईडी गरी ९५ हजार र उपेन्द्रको मोटरसाइकल, टिभी र मोटर गरी ४० हजार मूल्य बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?