+
+

लालीगुराँस सहकारीलाई महँगो पर्‍यो समय फाल्चा निर्माण रोक्ने प्रयास, बाटो नै बन्द

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज ११ गते ११:५७

११ असोज, काठमाडौं । ललितपुर महानगरपालिकाले लालीगुराँस बहुउद्देश्यीय सहकारीको भवन अगाडि तारबार गरेको छ । यससँगै उसले अब मुल सडक पट्टीको बाटो प्रयोग गर्न पाउने छैन ।

महानगर र सहकारीबीच समय् फाल्चा निर्माणलाई लिएर लामो समयदेखि विवाद छ । महानगरले २०६ वर्ष पुरानो फाल्चा निर्माण गर्न चाहेको छ, जुन सहकारीको भवनको ठीक अगाडि पर्छ ।

फाल्चा निर्माणविरुद्ध सहकारीले एकपछि अर्को मुद्दा हालेर अवरोध गरेको थियो । पछिल्लो पटक फाल्चा निर्माणको पक्षमा आदेश आएपछि २४ भदौमा महानगरले फाल्चा शिलान्यास गरिएको थियो ।

यसले सहकारी भवनमा जान प्रयोग हुने मुल बाटो छेकिए पनि सहायक बाटो रोकिएको थिएन । तर सहकारीमा रहेको होम प्रो फर्निसिङले फाल्चा निर्माणविरुद्ध मुद्दा हाल्यो र उच्च अदालत, पाटनको एकल इजलासले काम रोक्न अन्तरिम आदेश दियो ।

१० असोजमा संयुक्त इजलासले एकल इजलासको अन्तरिम आदेशलाई निरन्तरता दिएन । त्यसको भोलिपल्ट सोमबार महानगरले सहकारी भवन अगाडि रहेको आफ्नो जग्गामा जस्ताको बार लगाएको छ ।

साथै सहकारी भवनको नक्साहरु टाँसेर लेखिएको छ– मिति २०५८ सालमा अनिल राजभण्डारीको जग्गामा हाल श्री लालीगुराँस सहकारी भवन पास गर्दा दक्षिणपटट्ी बाटो गरिएको र पूर्वमा ३२७ कित्त रहेको जानकारी गराउँछु ।’ अर्थात मुल सडक पट्टी बाटो नै कायम गरिएको थिएन, त्यसैले अब दिइने छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?