+
+

राष्ट्रियसभा बैठक एक सातासम्मका लागि स्थगित

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज ११ गते १२:३०

११ असोज, काठमाडौं । राष्ट्रियसभा बैठक एक सातासम्मका लागि स्थगित भएको छ ।

बजेटसँग सम्बन्धित दुई विधेयक पारित पारित गरेपछि बैठक एक सातासम्मका लागि स्थगित भएको हो ।

सोमबार प्रमुख प्रतिपवक्षी नेकपा एमालेको विरोधकाबीच राष्ट्रियसभाले आर्थिक र राष्ट्र ऋण उठाउने विधेयक पारित ग¥यो । त्यसपछि सभाध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले अर्को बैठक असोज १७ गते दिउँसो १ बजेका लागि तोकेका हुन् ।

अधिवेशन सुरु भए देखि नै एमालेको विरोध कायम रहेकाले बजेट भन्दा अन्य विषयमाथि छलफलको वातावरण बन्न नसकेकाले बैठक एक साता पर राखिएको राष्ट्रिय सभा सचिवालयको जवाफ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?