+
+
Shares

राष्ट्रियसभाको बैठक बस्दै

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन १५ गते ९:०२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राष्ट्रियसभाको बैठक आज दिउँसो १:१५ बजे बस्दैछ जसमा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले मन्त्रालयसम्बन्धी प्रश्नहरूको उत्तर दिने सम्भावित कार्यसूची रहेको छ ।
  • राष्ट्रियसभा सदस्य कमला पन्तले मनसुनजन्य विपद् व्यवस्थापनमा सरकारको पूर्वतयारीबारे गृहमन्त्रीको ध्यानाकर्षण गराउने प्रस्ताव आजको बैठकमा प्रस्तुत गर्ने भएकी छिन् ।
  • राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठको निधनमा शोक प्रस्ताव प्रस्तुत गर्ने र अपराह्न २ बजे समितिमा विधेयकबारे छलफल हुने कार्यक्रम छ ।

१५ साउन, काठमाडौं । राष्ट्रियसभाको बैठक आज बस्दैछ । बैठक आज अपराह्न १:१५ बजे बस्न लागेको हो ।

आजको बैठकमा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले मन्त्रालयसँग सम्बन्धित प्रश्नको उत्तर दिने सम्भावित कार्यसूची रहेको संघीय संसद् सचिवालयले जनाएको छ ।

यसैगरी, राष्ट्रियसभा सदस्य कमला पन्तले ‘मनसुनजन्य विपद् व्यवस्थापनमा सरकारको पूर्वतयारी सम्बन्धमा’ गृहमन्त्रीको ध्यानाकर्षण गराउने प्रस्ताव प्रस्तुत गर्नेछिन् ।

राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले संविधानसभा सदस्य, प्रतिनिधिसभाका पूर्वसदस्य एवं पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठको निधनमा शोक प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची समेत छ ।

त्यसैगरी, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक अपराह्न २ बजे बस्दैछ । समितिको बैठकमा ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१’ का सम्बन्धमा छलफल हुने कार्यक्रम छ । समितिको बैठकमा विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनलाई आमन्त्रण गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?