+
+

रवीन्द्र मिश्रको पुस्तकको रोयल्टी विवेकशील साझालाई

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज ११ गते १७:५७

१२ असोज, काठमाडौं । विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले आफ्नो पुस्तक ‘राजनीतिसँगै राजकाज’बाट हालसम्म प्राप्त लेखकस्व पार्टीलाई प्रदान गरेका छन् ।

कर कट्टी गरी हालसम्म प्राप्त लेखकस्व ६ लाख ५ हजार ६ सय २५ रुपैयाँ मिश्रले विवेकशील साझा पार्टीलाई प्रदान गरेका हुन् । गत चैतमा प्रकाशित पुस्तकबाट प्राप्त सबै लेखकस्व उनले विवेकशील साझालाई दिने बताएका थिए ।

कोरोना महामारीले बजार प्रभावित बनाएको बेला पनि मिश्रको पुस्तकको पहिलो संस्करण ७ हजार ५०० प्रति बिक्री भएको प्रकाशक फाइनप्रिन्टका नीरज भारीले बताए । ‘यो पुस्तक बजारका लागि खुशीको विषय हो । हामीले दोस्रो संस्करणका लागि प्रक्रिया अगाडि बढाइसकेका छौं,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?