+
+

उत्तरी नाकाबाट दैनिक ४० कन्टेनर नेपाल पठाउने चिनियाँ आश्वासन

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज १२ गते १०:५८

१२ असोज, काठमाडौं । नेपाल-चीन व्यापारिक नाका तातोपानी र रसुवागढीबाट निर्यात बढाउने आश्वासन आएको उद्योग वाािण्ज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ । नाकामा अहिले देखिएको समस्या समाधान गर्न चीन तत्पर रहेको र नेपाल प्रवेश गर्ने कन्टेनर संख्या बढाउने अनौपचारिक जानकारी आएको वाणिज्य तथा आपूर्ति सचिव दिनेश भट्टराईले जानकारी दिए ।

नेपाल प्रवेश गर्ने कन्टेनरको हालको संख्यालाई दोब्बर बनाएर ४० पुर्‍याउने र रासायनिक मललाई छुट्टै प्रणालीबाट आयात गर्न दिने सहमति चीनले जनाएको छ,’ सचिव भट्टराईले अनलाइनखबरसँग भने ।

औपचारिक रुपमा पत्र नआईसकेको भए पनि अब एउटा नाकाबाट दैनिक २० कन्टेनर सामान भित्रिने उनले बताए । अहिले तातोपानी र केरुङबाट दैनिक २० हाराहारी केन्टेनरले सामान नेपालतर्फ आयात गरिरहेका छन् ।

यस्तै चीनले नेपालले उत्तरी नाकाबाट आयात गरिरहका रासायनिक मललाई छुट्टै प्रक्रियामार्फत छिटो ढुवानी गराउने जनाएको छ । हालको दैनिक कोटा भन्दा अलग्गै राखेर जतिसक्दो छिटो मल नेपाल पठाउने जानकारी चिनियाँ पक्षले दिएको सचिव भट्टराईले बताए ।

केहीदिनअघि ल्हासामा नेपाली महावाणिज्य दूतावासले नाकाको सहजताका लागि चिनियाँ पक्षसँग छलफल गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?