+
+
Shares

ज्यान मार्ने उद्योगमा संलग्न रहेको आरोपमा दुईजना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज १२ गते १२:१९

१२ असोज, मोरङ। प्रहरीले ज्यान मार्ने उद्योगमा संलग्न दुईजनालाई पहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा विराटनगर महानगरपालिका-११ बस्ने २७ वर्षीय विमल कार्की र धनपाल थान गाउँपालिका-१ बस्ने ५३ वर्षीय महमद साजिद मिया रहेका छन् ।

आइतबार दिउँसो विराटनगर महानगरपालिका-७ स्थितसडकमा काभ्रेपलान्चोक चौरी देउराली गाउँपालिका-९ बस्ने ३० वर्षीय कलाम सिंह लामालाई कार्की र मियाले ब्यवसायिक विवादका कारण धारिलो हतियार खुकरी प्रहार गरी घाइते बनाएको घटनामा संलग्न रहेका उनीहरुलाई जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले पक्राउ गरेको हो।

धारिलो हतियार प्रहारबाट घाइते भएका लामाको काठमाडौंस्थित नर्भिक अस्पतालमा उपचार भइरहेको छ।

पक्राउ परेका उनीहरुलाई जिल्ला अदालत मोरङबाट ज्यान मार्ने उद्योग कसूरमा ५ दिन म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?