+
+

निजी क्षेत्रको गुनासो सम्बोधन नगरी सूचना प्रविधि क्षेत्रको विकास हुँदैन : कल्याणी खड्का

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज १२ गते १९:२२
फाइल तस्वीर

१२ असोज, काठमाडौं । प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिकी सभापति कल्याणी खड्काले निजी क्षेत्रको गुनासो सम्बोधन गरेर सूचना प्रविधिको थप विकासमा लाग्न सरकारसँग आग्रह गरेकी छन् । निजी क्षेत्रको गुनासोलाई सम्बोधन नगरी सूचना प्रविधि क्षेत्रको विकासले गति लिन नसक्ने उनको भनाइ छ ।

मंगलबार काठमाडौंमा आयोजित सूचना प्रविधि क्षेत्रको विकाससम्बन्धी अन्तरक्रिया कार्यक्रममा सभापति खड्काले भनिन्, ‘सरोकारवालाहरुसँग विस्तृत छलफल गरौं । सूचना प्रविधि क्षेत्रको विकासका लागि विज्ञहरुको पनि परामर्श लिऔं । र, यसको क्षेत्रको विकासमा एकीकृत ढंगले लाग्न पनि सरकारलाई सचेत गराउन चाहन्छु ।’

कार्यक्रममा प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले साना लगानीका मिडियालाई राज्यले निःशुल्क इन्टरनेटको व्यवस्था गरिदिनुपर्ने बताए । उनले राज्यले सञ्चार माध्यमलाई सञ्चार प्रविधिमा सहुलियत दिनुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?