+
+

२० वर्ष कैद सजाय पाएका व्यक्ति १२ वर्षपछि पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज १३ गते १८:४६

१३ असोज, धनगढी । कञ्चनपुरमा अदालतले २० वर्ष कैद सजाय तोकेका फरार प्रतिवादी १२ वर्षपछि पक्राउ परेका छन् ।

मानव बेचबिखन तथा ओसारपसार मुद्दामा जिल्ला अदालतले २० वर्ष कैद सजाय सुनाइएका तत्कालिन झलारी पिपलाडी गाविस–३ का ४५ वर्षीय गणेशप्रसाद जोशीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक सिद्धराज न्यौपानेले जोशीलाई उनकै घर नजिकबाट पक्राउ गरेर जिल्ला अदालतमा बुझाइएको जानकारी दिए । अदालतले उनलाई कैद भुक्तानका लागि कारागार पठाएको छ ।

जोशीले २०६४ सालको असारमा झलारी पिपलाडीकै एक महिलालाई विवाहको प्रलोभन देखाएर भारतको दिल्ली पुगाएर बेचबिखन गरेको अभियोग लागेको थियो । जिल्ला अदालतले २०६६ सालको जेठ २५ मा फैसला सुनाउँदै जोशीलाई २० वर्ष कैद र दुई लाख जरिवाना सुनाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?