+
+

रुससँग नजिकिँदै टर्की, अमेरिकासँग निराश

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज १३ गते १९:११
रुसी राष्ट्रपति पुटिन र टर्कीका राष्ट्रपति एर्दोगान

१३ असोज, काठमाडौं । टर्कीका राष्ट्रपति रिसेप तैयप एर्दोगानले आफू अमेरिकासँग निराश भएको बताएका छन् । संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन पुगेका एर्दोगानले अमेरिकी समकक्षी जो बाइडनसँग एकल वार्ता गर्न खोजे पनि समय नपाएपछि उनले यस्तो बताएका हुन् ।

यसबाट असन्तुष्ट बनेका एर्दोगानले अमेरिकाका यसअघिका सबै राष्ट्रपतिसँग आफूले राम्रो सम्बन्ध बनाएको भए पनि अहिलेसम्म बाइडनसँग भने सम्बन्ध राम्रो सम्बन्ध नभएको बताएका छन् ।

पछिल्लो समय एर्दोगानले अमेरिकी राष्ट्रपति बाइडनको आलोचना गर्दै आएका छन् । न्युयोर्क भ्रमणको क्रममा अमेरिकी पक्षसँग भएको वार्तामा कुनै पनि उपलब्धि नभएको एर्दोगानले बताएका छन् । एर्दोगानले अमेरिकाले ‘आतंकवादी संगठन’हरुलाई सहयोग गर्दै आएको आरोप पनि लगाएका छन् । उनले टर्की रुससँग अर्को चरणको मिसाइल सुरक्षा प्रणाली एस-४०० किन्ने योजनामा रहेको पनि स्पष्ट पारेका छन् ।

एर्दोगानले रुससँग मिसाइल सुरक्षा प्रणालीको अर्को चरण खरिद गर्ने योजना रहेको बताएसँगै अमेरिकाको सिनेट कमिटी अन फरेन रिलेसनले यसो गरेको अवस्थामा अमेरिकाको नियमअनुसार नयाँ प्रतिबन्ध लगाइने चेतावनी दिएको छ । अहिले अमेरिकाका सहयोगी मुलुकको संगठन नेटोमा आबद्ध रहेका मुलुकबीच विभाजन बढिरहेको अवस्थामा एर्दोगानले रुसी समकक्षी भ्लादिमिर पुटिनसँग वार्ता गर्ने भएका छन् । यो वार्ताले टर्की र रुसको सम्बन्ध थप निकट बन्ने अपेक्षा गरिएको छ ।

एजेन्सीहरुको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?