+
+

केडिया भन्छन्-‘यति’का नाममा अरु कार्पेट बेचिँदैछ, लोगो हेरिदिनुस्

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज १४ गते ९:०१

१४ असोज, काठमाडौं । उद्योगमा आगलागी भएपछि यति कार्पेटलाई करिब ३ वर्ष बजारबाट हराउन बाध्यता आईपर्‍यो । करिब ५०देखि ६० प्रतिशत मार्केट सेयर भएको कार्पेट एकाएक बजारमा आउन छाडेपछि परिस्थिति फरक बनेको थियो । यो बीचमा विभिन्न नयाँ उद्योगहरु थपिए, प्रतिस्पर्धाले नयाँ रुपमा लियो ।

तर, २०७७ पुसमा यतिले नयाँ उद्योगबाट नयाँ प्रविधिमार्फत नयाँ ढंगले नै व्यवसायिक उत्पादन थाल्यो । यतिको पुनरागमनलाई अहिलेसम्म ग्राहकले निकै उत्साहपूर्वक स्वागत गरिरहेको र उत्पादनलाई मन पराइरहेको बताउँछन् उद्योगी अनिकल केडिया । ‘बजारमा फेरि यति फर्कियो भन्ने कुरा धेरै ग्राहकलाई थाहा भइसकेको छ,’ उनी भन्छन्,’हाम्रा पुराना ग्राहक अब हामीलाई नै खोजिरहनु भएको छ । तर, बजारमा  यतिको नाम लिएर अरु नै कार्पेट बेच्ने काम भइरहेको पाएका छौं ।’

नयाँ प्रविधिको प्रयोग गरेर थप स्तरीय उत्पादन गरेकाले विगतकै जसरी बजारमा पकड जमाउन सकिनेमा यति कार्पेट विश्वस्त छ । तर, बजारमा आफू नभएको अवस्थामा बढेको अस्वस्थ प्रतिस्पर्धालाई चिरेर आफ्नो पुरानो बजारलाई फेरि जस्ताको तस्तै फिर्ता लिन भने केही समस्या परिरहेको केडिया बताउँछन् ।

झण्डै ३ दशक लामो विरासत बोकेको यति कार्पेटमाथि ग्राहकको विश्वास प्रचुर भएपनि त्यसैमाथि बजारमा खेल्ने प्रयास भइरहेको केडिया बताउँछन् ।

‘बजारमा यति कार्पेट किन्न गएका हाम्रा ग्राहकहरुलाई अन्य ब्रान्डका कार्पेट पनि ‘यति नै हो’ भनेर बेच्ने काम भइरहेको सूचना पाउँदा दुःख लागेको छ,’ उनी भन्छन्,’ग्राहकलाई झुक्याएर यतिका नाममा अरु कार्पेट बेच्ने प्रवृत्ति मौलाउनु राम्रो होइन । बजारमा जो स्तरीय छ, उसलाई नै ग्राहकले खोज्ने हो, तर गुगराहमा पारेर वितरकहरुले अरु कार्पोट नभिडाइदिए हुने थियो ।’

अहिले अरु कम्पनीका कार्पेटलाई पनि ‘यति कम्पनीकै दाजु भाई छुटि्टएर खुलेको कम्पनी हो, जुन लिएपनि एउटै हो’ भन्दै अन्य कम्पनीका कार्पेट बेच्ने काम भइरहेको केडियाको भनाइ छ । बजारमा देखिएको यस्तो विकृतिका कारण ग्राहकले झुक्किएर गुणस्तरहीन कार्पेट किन्दा त्यसले अन्ततः नेपाली कार्पेट उद्योगमाथिको विश्वासलाई नै असर गर्ने उनको चिन्ता छ ।

‘यति कार्पेट विगतकोभन्दा बलियो र आकर्षक भएर आएको छ,’ उनी भन्छन्,’तर, बजारमा मेरै साथीहरुलाई पनि ‘यो पनि यतिकै हो’ भनेर अरु कम्पनीको कार्पेट बेचिएछ, धेरै वटा घटनाबारेको सूचना मसँग आएपछि यसबारे हामीले सोधीखोजी सुरु गरेका छौं ।’

केडियाका अनुसार ग्राहक सचेत भए बिक्रेताहरुले झुक्काउन भने सक्दैनन् । किनभने यति कार्पेटको पछाडि प्रत्येक मिटरमा ‘यति’ लेखिएको लोगो अंकित छ ।

केडियालाई थाहा छ, एकपटक बाहिरएपछि फेरि बजारमा छिर्न सानो संघर्षले हुँदैन । तर, ग्राहकले खोजेको गुणस्तर नै लिएर आएकाले पनि उनी यतिले आफ्नो बिरासतलाई नयाँ उचाइमा लैजानेमा आशावादी छन् । ‘बजारमा २-३ वटा विकल्प हुँदासम्म ग्राहक भुल्लिन्छन्,’ उनी भन्छन्,’तर, धेरै नै प्रतिस्पर्धी भए भने ग्राहकले पुरानो विरासत र आफूलाई विश्वास भएको ब्रान्ड नै रोज्छन् । प्रतिर्स्पधी चर्को भएको कार्पेट बजारमा यति सबैको विश्वासिलो ब्रान्ड हो ।’

यति कार्पेटले स्वतन्त्र ढंगले मार्केट सर्भे गर्दा करिब ७५ प्रतिशत ग्राहकले यति कर्पोटको सुनेको र आफूले किन्न चाहेको बताएको केडियाको दाव ीछ । करिब ३ वर्ष बजारमा नहुँदा पनि धेरैले ‘कार्पेट भनेकौ यति हो’ भन्नुले पनि आफूहरु उत्साहित रहेको कडिया बताउँछन् ।

तर, ब्रान्ड मात्रै ठूलो भएर मात्रै नहुने कुरा केडियालाई राम्रोसँग थाहा छ । आफूहरु नहुँदा बजारमा बनेको ‘ग्याप’ काम गर्न कम्पनी प्रयासरत रहेको उनी बताउँछन् ।

आफ्नो बिक्री वितरण सञ्जाललाई अझै बलियो गर्ने काम भइरहेको उनी सुनाउँछन् । यसैपनि यतिको अन्य कम्पनीको पुरानो र ठूलो वितरण सञ्जाल छ । ‘ग्राहकले हाम्रो कार्पेटलाई लिन बढी रुचाउँछन्, हामीले दिने तरिका पनि सहज गरेका छौं,’ उनी भन्छन्,’त्यसैले बजारमा यति कार्पेट किन्न कुनै असहजता छैन ।’

तर, अन्य कार्पेटलाई पनि ‘यति हो’ भनेर बेच्ने प्रवृत्तिले समस्या परिरहेको केडियाको भनाइ छ । ग्राहकले यति भनेर किनेको कार्पेट केही महिना पनि नटिक्ने भएमा आफूहरुमाथिको विश्वास गुम्ने डर पनि कम्पनीलाई छ । त्यसैले विभिन्न किसिमबाट ग्राहकलाई सेचत गराउने काम भइरहेको केडिया बताउँछन् ।

‘म ग्राहकहरुलाई अनुरोध गर्छु, तपाईंहरुले यति कार्पेट सोचेर किन्नु भएको होला, तपाईंको कार्पेटको पछाडि प्रत्येक मिटरमा यतिको लोगो छ कि छैन हरिदिनु होला,’ उनी भन्छन्,’हामीले अहिलेसम्म ग्राहकमाथि विश्वासघात गरेका छैनौं भन्ने बुझ्नु होला । यदि यतिको लोगो रहनेछ भने अरु नै कम्पनीको हो भन्ने बुझिदिनुहोला ।’

नयाँ प्लान्ट र मेसिन भएर आएपछि कार्पोट थप बलियो र स्तरीय बनेको भन्दै उनले यति किनेर ग्राहक कहिल्यै पछुताउनु नपर्ने दावी पनि गरे । ‘हाम्रो कार्पेट पहिले पनि यसै राम्रो थियो, उनी भन्छन्,’अहिले झन राम्रो भएको आएको छ, त्यसैले ग्राहकले सचेत भएर यति कार्पेट नै किन्नु भयो भने आफ्नो लगानी खेर जाँदैन । तपाईंलाई कसैले झुक्याउन र फसाउन पनि सक्दैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?