+
+

एमाले प्रदेश-२ को संसदीय दलको नेतामा मण्डल चयन

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज १५ गते १२:३७

१५ असोज, जनकपुरधाम। नेकपा एमाले प्रदेश २ को संसदीय दलको नेतामा सत्यनारायण मण्डललाई चयन गरिएको छ । मण्डल यसअघि पनि दलको नेता थिए ।

पार्टी विभाजनपछि बसेको पहिलो संसदीय दलको बैठकले मण्डललाई संसदीय दलको नेतामा चयन गरेको हो । बैठकले सांसद किशोरी साह ‘कमल’ लाई प्रमुख सचेतकमा चयन गरेको छ । प्रमुख सचेतक साहका अनुसार हालै बसेको बैठकले यो निर्णय गरेको छ ।

प्रदेश सभा गठन भएको समयमा मण्डल नै एमालेको संसदीय दलको नेता थिए । एमाले र माओवादी मिलेर नेकपा बन्दा पनि मण्डल नै एकीकृत पार्टीको संसदीय दलको नेता थिए ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले संसद बिघटन गरेपछि मण्डललाई हटाएर शत्रुद्यन महतोलाई नेता बनाइएको थियो । महतो अहिले माधव नेपाल नेतृत्वको एकीकृत समाजवादी पार्टीमा गएका छन् ।

प्रदेश २ मा एमालेका कुल २१ सांसदमध्ये १३ जना नेकपा एकीकृत समाजवादी पार्टीमा गएका छन् । अब एमालेसँग ८ सांसद मात्रै बाँकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?