+
+

काम गर्न नसक्ने नेतृत्वलाई विदा गर्नुपर्छ : प्रकाशमान सिंह

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज १६ गते १३:५५

१६ असोज, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टीको १४ औं महाधिवेशनबाट नेतृत्व परिवर्तन गर्न आवश्यक रहेको बताएका छन् ।

शनिबार पार्टीको काठमाडौं महानगरपालिका अधिवेशनको उद्घाटन कर्यक्रममा उनले सभापति शेरबहादुर देउवालाई अवसर पाएर पनि काम गर्न नसकेको भन्दै कांग्रेस सुदृढ बनाउन नेतृत्व परिवर्तन गर्नुपर्ने धारणा राखे ।

‘लिडरसिप परिवर्तन गर्नुपर्छ यो महाधिवेशनमा पार्टीलाई शुद्धीकरण गर्न र सुदृढ गर्न । अवसर पाएर पनि काम गर्न नसक्नेलाई फेरि गुणगान भएर त्यही चाहिन्छ भन्नु कति सान्दर्भिक हुन्छ ? अब काँग्रेसको नेतृत्व परिवर्तन गर्नुपर्छ । नत्र भने राम्रो हुँदैन’ उनले भने ।

पार्टीको १४ औं महाधिवेशनमा पार्टी सभापतिमा आफ्नो पनि दावी रहेको नेता सिंहले बताए । आफू कुन कारणले सभापति पदमा अयोग्य छु भनेर कन्भिन्स गर्न पार्टी सभापति देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेललाई आग्रह गरे ।

कार्यक्रममा बोल्दै कांग्रेस केन्द्रीय सदस्य गगन थापाले आगामी निर्वाचनमा कम्युनिष्टहरुसँग एक्लै चुनाव लडेर जित्ने तागतका साथ अघि बढ्न पनि काँग्रेस नेतृत्व परिवर्तन हुनुपर्ने बताए ।

कांग्रेसलाई जनताको भरोसायोग्य पार्टी बनाउन, सबै कम्युनिस्ट पार्टी मिलेर आउँदा पनि कांग्रेसले एक्लै निर्वाचन जित्ने गरी पार्टीलाई शुद्ध र सुदृढ बनाउन आफूहरु लागि परेको उनले बताए । ‘कोहीसँग मिलेर होइन सात कम्युनिष्ट एक भएर आयो भने पनि जित्ने तागतका साथ आगामी महाधिवेशनले नेतृत्व चयन गर्नुपर्ने हुन्छ । त्यसका लागि कांग्रेसलाई छोटो समयमा सुद्ध र सुदृढ गर्न आवश्यक हुन्छ’ उनले भने ।

नेता थापाले नेपाली जनताले भरोसायोग्य कांग्रेसको नेतृत्व चाहिरहेको पनि बताए । उनले मुलुकलाई कम्युनिष्टहरुको कहरबाट बचाउन पनि नेपाली कांग्रेसको पार्टी जीवनमा आमूल परिवर्तन गर्न आवश्यक रहेको दोहोर्‍याए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?