+
+
WC Series
चितवन राइनोज 2025
120/6 (20)
VS
Pokhara Avengers won by 8 wickets
Won पोखरा एभेन्जर्स 2025
121/2 (19.4)
Shares

वीरगञ्ज महानगरमा सेवा लिन मास्क अनिवार्य

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज १६ गते १४:०७

१६ असोज, वीरगञ्ज । वीरगञ्ज महानगरपालिका, मातहतका वडा कार्यालय र स्वास्थ्य संस्थाबाट सेवा लिन अनिवार्य मास्क लगाउनुपर्ने भएको छ । पूर्ण मास्क प्रयोगको सुनिश्चितता शुभारम्भ कार्यक्रममा नगर प्रमुख विजय सरावगीले त्यस्तो घोषणा गरेका हुन् ।

नजिकिदै गरेको दशैं, तिहार र छठ पर्वमा सर्वसाधारणको चलहपहल बढ्दा कोरोना संक्रमण फैलन सक्ने जोखिमलाई ध्यानमा राखेर मास्क प्रयोग अनिवार्य गरिएको नगर प्रमुख सरावगी बताउँछन् ।

‘चाडपर्वमा हजारौं मानिसहरु भारत लगायत अन्य मुलुकबाट नेपाल आउँछन् । यसले गर्दा कोरोना संक्रमणको अर्को लहर आउनसक्ने चुनौती छ’ नगर प्रमुख सरावगीले भने ‘सीमा नाकामा एन्टिजेन टेष्ट लगायत स्वास्थ्य मापदण्डको पालना गराउन त लगाएका छौं । तर यसलाई रोक्ने प्रभावकारी उपाय भनेको मास्क लगाउने नै हो ।’

कोरोना संक्रमण घट्दै गएपछि वीरगञ्जमा पछिल्लो समय लापरबाही बढ्दै गएको छ । मास्कको प्रयोग, सामाजिक दुरी कायम गर्ने, साबुन पानीले हात धुने वा स्यानीटाईजर लगाउन नगरबासीले छोडिसकेका छन् । नगरबासी मात्रै हैन, महानगरका अधिकांश कर्मचारीले समेत मास्क लगाउँदैनन् ।

अभियान अन्र्तगत वीरगञ्जका १२ स्थानमा ‘मास्क बिना प्रवेश निषेध, ‘मास्क बिना कुराकानी निषेध र ‘मास्क बिना सेवा निषेध’ लेखिएको स्टिकर, पोष्टर लगाइने महानगरका स्वास्थ्य तथा सामाजिक विकास शाखा प्रमुख अरुण महतोले जानकारी दिए ।

मास्क लगाउन सचेतना जगाउने उद्देश्यले महानगरपालिकाबाट निकालिएको सचेतनामुलक ¥याली घण्टाघर आएर सभामा परिणत भएको थियो । ¥यालीमा महानगरपालिकाका जनप्रतिनीधि, कर्मचारी, स्वास्थ्यकर्मी, नर्सिङ अध्ययन गर्दै गरका विद्यार्थी र स्काउटको सहभागिता रहेको थियो ।

¥यालीमा सहभागीले ‘मैले लगाएको मास्कले तपाईंलाई सुरक्षा दिन्छ, तपाईंले लगाएको मास्कले मलाई सुरक्षा दिन्छ’, ‘कान वा चिउँडोमा राख्दैमा मास्क लगाएको हुँदैन, नाक मुख छोपिने गरी मास्क लगाऔं लगायतका सचेतनामूलक नारा लेखिएको प्ले कार्ड बोकेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?