+
+

पलजी, मिडियाकर्मीलाई घन्टौं कुराउँदा स्टारडम बढ्छ हो ?

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज १७ गते ११:०१

शनिबार नायक आर्यन सिग्देल, पल शाह, मोडल दुर्गेश थापा, एलिसा शर्मा लगायतका कलाकारले अभिनय गरेको एक दशैं गीतको बारेमा जानकारी दिन पत्रकार सम्मेलनको आयोजना गरिएको थियो । मिडियाकर्मीलाई कलाकारहरुको अन्तरवार्ताका लागि भन्दै दिउँसोको साढे १ बजे निमन्त्रणा गरिएको थियो । निमन्त्रणा पाएका अधिकांश मिडियाकर्मी २ बजेसम्म कार्यक्रम स्थल पुगे ।

तर, करिब ३ घन्टा कुर्दासम्म पनि कलाकार कोही पनि कार्यक्रम स्थलमा आएनन् । भिडियोका निर्माताले कलाकार कहिले ३ बजे आइपुग्छन् भन्दै मिडियाकर्मीलाई होेल्ड गरे त कहिले ४ बजे । तर, ५ बजेपछि मोडल दुर्गेश थापा र अलिसा शर्मा आइपुगे ।

नायक आर्यन सिग्देलले आफ्नो छोरा बिरामी परेकाले आउन नसकेको जानकारी ढिलो गरी निर्मातालाई दिएका रहेछन् । पल शाहले त कैयौं पटक आफू आउँदै गरेको जानकारी गराए । तर, ५ बजेपछि आइपुगेका दुर्गेश र एलिसाले मिडियासँग कुराकानी गरे । तर, पल आइपुगेनन् ।

यसमा पलको मात्र होेइन, मेकरले पनि मिडियाकर्मीकोे समयलाई हलुका सोेचेको देखियो । पलले बेलुकी ५ बजे आफू आइपुग्ने जानकारी निर्मातालाई सुरुमै दिएका रहेछन् । तर, साढे १ बजे कार्यक्रम राखेर मेकरले बारम्बार पल आउँदैछन् भनेर जानकारी दिदै मिडियाकर्मीलाई होल्ड गरिराखेका थिए ।

पल शाहलाई घन्टौं पर्खिएका मिडियाकर्मी फर्किए । वुझिएअनुसार, पल शाह बेलुकी साढे ७ बजे कार्यक्रम स्थल पुगेका थिए ।

पछिल्लो समय बजारमा विभिन्न गसिप चलिरहेकाले पनि पल मिडियाको भिडबाट बच्न खोजेको चर्चा चल्न थालेको छ । पल बजारमा चलेको उनको सम्बन्धको हल्लाबाट बच्चनका लागि सकेसम्म आफू निकट मिडियाकर्मी बाहेक अरुसँग फेस नगर्ने सोचमा पुगेको वुझिएको छ ।

उसो त, अधिकांश म्युजिक भिडियो मेकरहरु पल शाहले समयलाई वेवास्ता गरेको गुनासो गर्छन् । उनलाई लिन घर अगाडि नै गाडी पुग्दासम्म बिहान उनी नउठ्ने गरेको गुनासो कैयौं भिडियो मेकरले सुनाउने गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?