+
+

तम्घासमा बिहान ९ देखि ११ बजेसम्म ठूला सवारी साधन सञ्चालन गर्न नपाइने   

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज १७ गते १२:४९

१७ असोज, गुल्मी । गुल्मी सदरमुकाम तम्घास बजार क्षेत्रभित्र विहान ९ देखि ११ बजेसम्म ठूला सवारी साधन सञ्चालनमा रोक लगाइएको छ । स्कुल बस सञ्चालन गर्ने समय भएकाले त्यस समयमा टिपर, ट्रक र ट्याक्टर लगायतका ठूला सवारी साधन सञ्चालनमा प्रशासनले रोक लगाएको हो ।

तम्घास बजारका सरोकारवालाहरुसँगको छलफलपछि सवारी साधन सञ्चालनबारे नयाँ नियम बनाइउको गुल्मीका प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले जानकारी दिए । चाडपर्वको समयमा मानिसहरुको पनि भीडभाड हुने र सवारी साधनको पनि चाप बढ्ने गरेपछि तम्घास बजार क्षेत्र अस्तव्यस्त हुने गरेको छ ।

सवारीको चाप व्यवस्थापन गर्न रेसुङ्गा नगरपालिकाका नगरप्रहरी पनि खटाउने, सवारीमा भाडादर देखिने गरेर टाँस्ने र सबैले मास्क अनिवार्य लगाउन आग्रह गरिएको छ । बजार क्षेत्रमा समान लोड र अनलोड बिहान ९ बजेदेखि साँझ ४ बजेसम्म नगर्ने, खाली टिपर र ट्रकले बाख्रेछेडाको सडक प्रयोग गर्नुपर्ने नियम बनाइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब निरीक्षक कृष्णप्रसाद आचार्यले बताए ।

बजार क्षेत्रमा प्रेसर हर्न निषेध गर्ने र सवारी पार्किङ गर्दा सडकको एक छेउमा मात्र पार्किङ गर्ने, एक दिन एक छेउमा र अर्को दिन अर्को छेउ पार्किङ गर्ने गरी नियम बनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?