
नायिका तथा मोडल आँचल शर्मा र गायक तथा मोडल प्रकाश सपुतले एक अर्कासँग म्युजिक भिडियोमा सहकार्य गरिरहेका छन् । प्रकाश र आँचलको जोडीलाई दर्शकले रुचाएका पनि छन् । प्रकाशले नै निर्देशन गरेको ‘कुरा वुझ्न पर्च’ बोलको गीतमा आँचलले अभिनय गरेकी थिइन् ।
उनै, आँचलसँग फेरि प्रकाशले ‘बेरुवाको औंठी’ बोेलको गीतमा कम्मर मर्काएका छन् । युवा यूवतीविचको प्रेम र आकर्षण यो भिडियोमा हेर्न सकिन्छ । दीपक शर्माको शब्द तथा संगीत रहेको भिडियोमा लोक पौडेल र मेलिना राइको स्वर छ ।
अनिल के मानन्धरको छायांकन रहेको भिडियोमा पुजा दर्नाल र उज्ज्वल गज्मेलको कोरियोग्राफी छ । बिष्णु खड्काको सम्पादन रहेको भिडियोमा राज खड्काको निर्देशन छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4