+
+

नेपाल इन्भेष्टमेन्ट बैंकको लाभांश घोषणा

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज १८ गते १०:५१

१८ असोज, काठमाडौं । मर्जर प्रक्रियामा रहेको नेपाल इन्भेष्टमेन्ट बैंकले लाभांश घोषणा गरेको छ । गत आर्थिक वर्षको मूनाफाबाट शेयरधनीहरुलाई १६ प्रतिशत लाभांश दिने बैंकले घोषणा गरेको हो ।

घोषणा गरिएको १६ प्रतिशत लाभांश मध्ये ११.२४ प्रतिशत बोनस शेयर र बोनस शेयर तथा नगद लाभांशको कर प्रयोजनको लागि समेत गरी ४.७६ प्रतिशत नगद लाभांश वितरण गर्ने बैंकले बताएको छ ।

कम्पनीले निर्णयको जानकारी नेपाल स्टक एक्सचेञ्जमा गराइसकेको छ । अब नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि साधारणसभामा उक्त प्रस्ताव पेश हुनेछ ।

साधारणसभाबाट पारित भएपछि कम्पनीले शेयरधनीलाई बोनस शेयर दिनेछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?