+
+

प्रधानन्यायाधीश जबराले भने- मन्त्रिपरिषदमा मैले भाग खोजेको कुरा सत्य होइन

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज १८ गते १२:१०

१८ असोज, काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराले मन्त्रिपरिषदमा आफ्नो भागबाट पनि एक जना मन्त्री बन्न लागेको भन्ने समाचार सत्य नभएको बताएका छन् ।

सर्वोच्च बार एसोसिएसनका पदाधिकारीहरुसँग आज बिहान भएको भेटमा प्रधानन्याधीश जबराले सो कुरा सत्य नभएको भन्दै त्यसको खण्डन गर्ने बताए ।

प्रधानन्यायाधीश जबराले त्यसलाई ‘जोक’ भएको बताए ।

भेटमा सहभागी एक सदस्यले मन्त्रालय भागबन्डाबारे प्रधानन्यायाधीशलाई समेत जोडेर आएका समाचारहरुबारे सोधिएको र त्यसबारे विज्ञप्तिमार्फत् स्पष्ट पार्ने बताएको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?