+
+

कालिकोटको कांग्रेस सभापतिमा अम्मबहादुर शाही चयन

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज १८ गते १२:४९

१८ असोज, काठमाडौं । नेपाली कांग्रेस कालिकोट जिल्ला कार्यसमिति सर्वसम्मत चयन भएको छ । कालिकोट कांग्रेसको जिल्ला अधिवेशनबाट अम्मबहादुर शाही सर्वसम्मत सभापति चयन भएका हुन् ।

कालिकोट कांग्रेसका नेता भुपेन्द्रजंग शाहीका अनुसार कालिकोटमा जिल्ला सभापतिसहित सिंगो कार्यसमिति सर्वसम्मत चयन भएको छ ।

कालिकोटका ८२ वटा वडा, ९ वटा पालिका, २ वटा प्रदेश सभा निर्वाचन क्षेत्र र जिल्ला कार्यसमिति सर्वसम्मत चयन भएको नेता शाहीले जानकारी दिए । सहमतिमै महाधिवेशन प्रतिनिधि पनि निर्वाचित भएको कालिकोट कांग्रेसले जनाएको छ ।

केन्द्रको गुटको प्रभाव जिल्लामा पर्न नदिन आफूहरुले सहमतिमा जोड दिएको नेता शाहीले बताए। ‘पार्टीलाई बलियो र एकतावद्ध बनाएपछि मात्रै हामीले अरुसँग प्रतिस्पर्धा गर्न सक्छौं भन्ने निष्कर्षकका साथ सहमतिमा जोड दियौं,’ उनले भने, हाम्रो प्रतिस्पर्धा पार्टीभित्र होइन, अरु पार्टीसँग हो । हामी एक भएपछि मात्रै आउने चुनाव जित्न सक्छौं ध्येयका साथ कालिकोट कांग्रेस एक ढिक्का भएको हो ।’

नेपाल विद्यार्थी संघका पूर्व उपाध्यक्ष शाही २०७० सालको संविधान सभा निर्वाचन र २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसबाट उम्मेदवार थिए।

‘कालिकोटमा पनि देउवा र पौडेल समूह छ तर हामी दुबै पक्ष एकै ठाउँमा बसेर देशभर कांग्रेसलाई एकतावद्ध बनाउन सन्देश दिन सफल भयौं,’ उनले भने, ‘जिल्लामा गुटगत राजनीति अन्त्य गर्दै पार्टीभित्र सबैतहमा सहमतिका लागि पहल गर्‍यौं । टीमको कुरा होइन, कांग्रेस बलियो बनाउने कुरा सबै एकमत हुनुभयो।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?