
काठमाडौं । सनराइज बैंकले आफ्नो १४औं वार्षिक उत्सवको अवसरमा देशका विभिन्न स्थानमा रक्तदान कार्यक्रम आयोजना गरेको छ ।
संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ‘सहयात्रा जीवन सुरक्षाको लागि’ भन्ने नाराको साथ बैंकले सातै प्रदेशमा रक्तदान कार्यक्रम गरेको हो । बैंकले आयोजना गरेको रक्तदान कार्यक्रममा २५५ जनाले रक्तदान गरेका छन् ।
आउँदै गरेको महान चाड दशैंमा मानिसहरु किनमेल, भ्रमण आदिमा व्यस्त रहने र उक्त समयमा हुन सक्ने रगत अभावलाई परिपूर्ति गर्न यस रक्तदान कार्यक्रमले मद्दत पु¥याउने बैंकको विश्वास छ ।
दशैं र बैंकको १४औं वार्षिकउत्सवको अवसरमा सर्वाधिक १०.०७ प्रतिशत ब्याज प्रदान गर्दै आएको यस बैंकले वातावरण, स्वास्थ्य, सरसफाइ, आदि क्षेत्रमा यस महिना भर विभिन्न कार्यक्रम गरी सहयोग पु¥याउने योजना रहेको बैंकले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4