+
+

रुपन्देहीमा खुकुरी प्रहार गरी एक जनाको हत्या

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज १८ गते १३:३३
प्रतीकात्मक तस्वीर

१८ असोज, काठमाडौं । रुपन्देहीको शुद्धोधन गाउँपालिकामा खुकुरी प्रहार गरी एक जनाको हत्या गरिएको छ । उक्त घटनामा अर्का एक जना घाइते भएका छन् ।

शुद्धोधन–३ बेतानीमा रहेको स–मिलमा काम गर्दै आएका पश्चिम नवलपरासीको सुस्ताका अवधेश चमारको खुकुरी प्रहारबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता सत्यनारायण थापाले जानकारी दिए ।

गएराति ११ बजे सोही उद्योगमा कार्यरत भारतीय मजदुर रवि सिंहले खुकुरी प्रहार गरी अवधेशलाई गम्भीर घाइते बनाएका थिए । उनको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पताल ल्याउँदै गर्दा बाटोमा मृत्यु भएको प्रहरी प्रवक्ता थापाले बताए ।

सिंहले खुकुरी प्रहार गरी घाइते बनाएका अवधेशका पिता गोपीचन्दको भने अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । सिंहलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?