+
+

भारतमा मन्त्रीको भ्रमणलाई लिएर हिंसा, ८ जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज १८ गते १४:००

१८ असोज, काठमाडौं । भारतको उत्तर प्रदेशमा दुई मन्त्रीहरुको भ्रमणको विषयलाई लिएर भड्किएको हिंसामा चार किसानसहित आठजनाको मृत्यु भएको छ । भारतीय सञ्चारमाध्यमहरुका अुनसार आइतबार लखिमपुर खेरी जिल्लामा सहायक मुख्यमन्त्री र केन्द्रीय मन्त्रीको भ्रमणको विरोधमा भएको प्रदर्शनमा हिंसा हुँदा उनीहरुको मृत्यु भएको हो ।

समाचारमा उल्लेख गरिएअनुसार आइतबार भारतको कृषि कानुनको विरोध गरिरहेका किसानहरुले दुई मन्त्रीहरुको भ्रमण रोक्ने प्रयास गरेका थिए । तर सो क्रममा नेता सवार दुई वटा जिप आन्दोलनकारीमाथि नै कुदाइएको थियो । यो क्रममा एक किसानको घटनास्थलमा र अन्य दुईको उपचारको क्रममा मृत्यु भएको छ ।

त्यसपछि आक्रोशित भएका किसानले जिपमा आगजनी गरिदिएका थिए । सो क्रममा जिपमा आएका यात्रुसँग पनि झडप भएको थियो । किसानहरुले केन्द्रीय मन्त्री अजय कुमार मिश्राको छोरा उक्त जिपमा रहेको आरोप लगाएका छन् । उनले एक किसानको गोली हानी हत्या गरेको आरोप किसानहरुले लगाएका छन् । मन्त्री मिश्राले भने आफ्नो छोरा घटनास्थलमा नभएको भन्दै बचाउ गरेका छन् । उनले भारतीय जनता पार्टीका तीन कार्यकर्ता र एक सवारीचालकलाई किसानहरुले हत्या गरेको बताएका छन् । यो घटनामा केही पत्रकार पनि घाइते भएको समाचारमा बताइएको छ ।

लखिमपुरमा हिंसापछि किसान र प्रशासनबीच वार्ता भएको छ । वार्तामा घटनामा ज्यान गुमाएका किसानलाई ४५/४५ लाख राहत र घाइतेलाई १०/१० लाख राहत दिने सहमति भएको छ । केन्द्रीय मन्त्री मिश्राले यसअघि नै उक्त घटनामा मारिएका भाजपाका कार्यकर्ताको परिवारलाई ५०/५० लाख राहत दिने घोषणा गरेका थिए ।

एजेन्सीहरुको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?