+
+

कांग्रेसको गोरखा जिल्ला सभापतिमा न्यौपाने सर्वसम्मत

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज १८ गते १६:२९

१८ असोज, गोरखा । नेपाली कांग्रेस गोरखाको जिल्ला सभापतिमा नन्दप्रसाद न्यौपाने चयन भएका छन् ।

सोमबार जिल्ला समितिका पदाधिकारी र सदस्यको मनोनयनका क्रममा सभापतिमा न्यौपानेको मात्र उम्मेदवारी परेको सहायक निर्वाचन अधिकृत शिव थापाले जानकारी दिए ।

न्यौपाने हालका जिल्ला सचिव छन् । यसअघि उनी नेपाल विद्यार्थी संघको जिल्ला सभापति र क्षेत्रीय सभापति पनि भएका थिए । आइतबार भएको महाधिवेशन प्रतिनिधिमा उनले गोरखा क्षेत्र नम्बर १ बाट सबैभन्दा बढी मत ल्याएर छनोट भएका थिए ।

जिल्लाको आरुघाट गाउँपालिका, मान्वुका न्यौपाने नेता गगन थापा निकटका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?