+
+

बैतडीमा शिक्षक र विद्यार्थीमा कोरोना संक्रमण पुष्टि

रासस रासस
२०७८ असोज १८ गते १७:०१

१८ असोज, बैतडी । बैतडीको पाटन नगरपालिका–९ स्थित ज्ञानेश्वर नमूना माध्यमिक विद्यालयका एक शिक्षक र विद्यार्थीमा कोरोना सङ्क्रमण देखिएको छ ।

गत साता एक विद्यार्थी र एक शिक्षकमा कोरोना देखिएपछि उनीहरुको कन्ट्याक्ट ट्रेसिङ गर्दा १२ वर्षीया छात्रामा कोरोना पुष्टि भएको हो । योसँगै उक्त विद्यालयमा एक शिक्षक र दुई विद्यार्थीमा सङ्क्रमण देखिइसकेको छ ।

पाटन नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मदनसिंह महराका अनुसार सङ्क्रमण पुष्टि भएका शिक्षक र विद्यार्थी होम आइसोलेशनमा बसिरहेका छन् । उनले भने, ‘सङ्क्रमितको स्वास्थ्य अवस्था जटिल छैन, उनीहरु सबै होम आइसोलेशनमा बसिरहेका छन्।’

सङ्क्रमण देखिएपछि अन्य शिक्षक र विद्यार्थीको पनि पिसीआर परीक्षणका लागि स्वाब सङ्कलन गरिएको छ । कन्ट्याक्ट ट्रेसिङका आधारमा १०६ जनाको स्वाब सङ्कलन गरिएकामा ७५ जनाको रिपोर्ट आएको छ ।

यसैबीच शिक्षक विद्यार्थीमा कोरोना देखिएपनि विद्यालय भने नियमित रुपमा सञ्चालनमा रहेको छ । स्वास्थ्यका मापदण्ड पालना गरेर पठनपाठन सञ्चालन गरिएको विद्यालयले जनाएको छ ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?