+
+

ललितपुरमा बजार अनुगमन, १९ व्यवसायीलाई कारबाही

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज १८ गते २०:३२

१८ असोज, काठमाडौं । चाडपर्वको बेला बजारमा हुन सक्ने कालोबजारी लगायत गैरकानूनी कामको अनुगमन गर्न हिँडेको ललितपुर प्रशासनको टोलीले मापदण्ड पालना नगरेका र उपभोक्ताको हित विपरीत व्यवसाय गरेका १९ व्यवसायीलाई कारबाही गरेको छ ।

जिल्ला बजार अनुगमन समितिले असोज ७ गतेदेखि १७ गतेसम्म गरेको अनुगमनको क्रममा मापदण्ड विपरीत व्यवसाय सञ्चालन गर्ने व्यवसायीहरुलाई १ लाख ३५ हजार ५ सय रुपैयाँ जरिवाना तिराइएको ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले जानकारी दिए ।

अनुगमन समितिले सुमेरु सिटी हस्पिटल, पुल्चोक र विग मार्ट प्रालि, मानभवनलाई समान २०/२० हजार रुपैयाँ जरिवाना तिराएको छ । यस्तै गुसिंगलमा रहेको जेैसवाल स्टोर र लगनखेलस्थित एरोमा हिमालयन कफी प्रालिलाई १०/१० हजार रुपैयाँ जरिवाना तिराएको उनले बताए । यस्तै लगनखेलस्थित कफी बगानलाई पनि ३० हजार रुपैयाँ जरिवाना तिराएको छ ।

यस्तै क्लिफ रेष्टुरेण्टबाट ५ हजार, डल्ले रेष्टुरेन्टबाट १ लाख, लेभल ३ टेरेस प्रालि पुल्चोकबाट ५ हजार, मःम हब पाटनबाट ३ हजार ५ सय, नेवारी किचन, पाटन भाटभटेनी परिसरबाट ५ हजार, डोको फूड पाटन भाटभटेनी परिसरबाट २ हजार ५ सय,  हाउस अफ मःमबाट  ५ हजार,  आहरा हाउस प्रालिबाट ३ हजार ५ सय, सर्किना टेडर्स गुसिङगलबाट ५ हजार, कृष्णस्टोर गोदावारी चापागाउँबाट ५ हजार र पीबीएन गोदावारी–११ चापागाउँबाट ५ हजार जरिवाना उठाएको अनुगमन समितिले जनाएको छ ।

यस्तै जेएस लिक्वर्स सप, नखिपोटले विद्यालय परिसरमा मदिरा पसल सञ्चालन गरेको भन्दै पसल बन्द गरी आवश्यक कागजातसहित जिल्ला प्रशासन कार्यालयमा तीन दिनभित्र उपस्थित हुन निर्देशन दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?