+
+

चेन्नाइलाई हराउँदै दिल्ली शीर्ष स्थानमा

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज १९ गते ६:३०

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२१ मा दिल्ली क्यापिटल्सले चेन्नाई सुपर किंग्सलाई तीन विकेटले पराजित गरेको छ । यसजितपछि १३ खेलबाट २० अंक जोड्दै दिल्ली शीर्ष स्थानमा समेत उक्लेको छ ।

दुबईमा सोमबार राति  भएको खेलमा चेन्नाइले दिएको १३७ रनको लक्ष्य दिल्लीले १९.४ ओभरमा ७ विकेट गुमाएर पूरा गर्‍यो ।

दिल्लीको जितमा शिखर धवनले सर्वाधिक ३९ रन बनाए । शिम्रन हिटमायरले १८ बलमा अविजित २८ रन जोडे । चेन्नाइका रवीन्द्र जडेजा र शार्दुल ठाकुरले २/२ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको चेन्नाइले २० ओभरमा पाँच विकेट गुमाएर १३६ रन बनाएको थियो । चेन्नाइका अम्बाती रायडुले अविजित रहँदै सर्वाधिक ५५ रन बनाए । रोबिन उथप्पाले १९ तथा कप्तान महेन्द्र सिंह धोनीले १८ रन जोडे ।

दिल्लीका अक्सर पटेलले चार ओभरमा १८ रन खर्चेर दुई विकेट लिए । एनरिक नोर्किया, आभेष खान र रविचन्द्रन आश्विनले समान एक/एक विकेट लिए ।

जितपछि १३ खेलबाट २० अंक जोडेको दिल्ली चेन्नाइलाई पछि पार्दै शीर्ष स्थानमा उक्लेको छ । समान खेलबाट चेन्नाइको १८ अंक छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?