+
+

किन ६ घण्टा बन्द भयो फेसबुक ?

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज १९ गते १२:३३

१९ असोज, काठमाडौं । सोमबार फेसबुक, इन्स्टाग्राम र ह्वाट्सएप करिब ६ घण्टासम्म चलेनन् । जसको कारण सामाजिक सञ्जाल तथा म्यासेजिङ एप प्रयोग गर्ने करीब तीन अर्ब ५० करोड प्रयोगकर्ता सेवा प्रयोग गर्नबाट बञ्चित भए ।

फेसबुकले ब्लग पोस्टमार्फत आफ्ना डेटा सेन्टरहरुको बीचमा समन्वय गर्ने रोउटरको मुख्यभागको कन्फिगुरेसन परिवर्तन भएकाले सेवा अवरोध भएको बताएको छ ।

यसअघि फेसबुकको सेवा अवरोध हुँदा मानिसहरुले ह्याक भएको हुन सक्ने आशंका व्यक्त गरेका थिए । फेसबुकका संस्थापक तथा सीईओ मार्क जुकरवर्गले भने फेसबुक ह्याक नभएको र आन्तरिक समस्याको कारण सेवामा अवरोध देखिएको बतएका थिए ।

फेसबुकमा सेवा अवरोध हुने समस्या कमै मात्र आउँछ । यसअघि सन् २०१९ मा २४ घण्टाभन्दा लामो समय फेसबुकको सेवा बन्द भएको थियो । त्यतिबेला पनि फेसबुकले यो समस्या कन्फिगुरेसन परिवर्तनको कारण नै भएको बताएको थियो । यद्यपि यसपटक भने कम्तीमा केही समस्या डोमेन नेम सिस्टम (डीएनएस)मा पनि रहेको पाइएको थियो ।

फेसबुकको सेवा पुनः सुरु भएसँगै सीईओ जुकरवर्गले फेसबुक, इन्स्टाग्राम, ह्वाट्सएप र म्यासेन्जरको सेवा बन्द भएकोमा क्षमायाचना गरेका छन् । उनले यी सामाजिक सञ्जालमा धेरै मानिसहरु जोडिएकाले यो सेवा कति महत्वपूर्ण रहेको छ भन्ने आफूले बुझेको बताएका छन् ।

एजेन्सीहरुको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?