
१९ असोज, गुल्मी । गुल्मी सदरमुकाम तम्घास नजिकै रहेर पनि ओझेलमा परेको भण्डारी टोलमा सडक कालोपत्रे भएको छ । वषौंदेखि कच्ची सडकमा सास्ती खेप्दै आएका स्थानीय सडक कालोपत्रे भएपछि खुशी भएका छन् ।
गुल्मीको रेसुङ्गा नगरपालिका–४ को अर्खलेको भण्डारी टोलमा सडक कालोपत्रे भएको छ । सडक विस्तार भएको लामो समयपछि सडक कालोपत्रे भएको हो ।
जिल्ला सदरमुकाम तम्घास नजिकै रहेर पनि कच्ची सडक हुँदा स्थानीयले सास्ती खेप्दै आएका थिए । अहिले भण्डारी टोलको सडक कालोपत्रे गर्ने कार्य सम्पन्न हुन लागेको छ ।
सडक कालोपत्रे गर्न रेसुङ्गा नगरपालिकाबाट ५० लाख रुपैयाँ खर्च भएको रेसुङ्गा नगरपालिकाका इन्जिनियर कृष्ण कोइरालाले बताए । अहिले तत्कालै ६ सय मिटर सडक कालोपत्रे गर्ने कार्य सम्पन्न हुँदैछ ।
अहिले सडक कालोपत्रे भएपछि घरबाट आउजाउ गर्न सहज भएको स्थानीय सोनु न्यौपाने भण्डारीले बताइन् । उनले वर्षातमा हिलाम्मे र हिउँदमा धुलाम्मे हुने गरेकाले बालबच्चालाई विद्यालय पुर्याउन र बजारसम्म पुग्न कठिन हुने गरेको उनले बताइन् ।
प्रतिक्रिया 4