+
+

एमालेले संसदमा नाराबाजी मात्रै गर्‍यो, जवाफ सुन्नै चाहेन : दिलेन्द्र बडु

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज १९ गते १५:४८
फाइल तस्वीर

१९ असोज, काठमाडौं । नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडुले प्रमुख प्रतिपक्षी नेकपा एमालेका सांसदहरुले संसदमा नाराबाजी मात्र गर्ने र जवाफ सुन्न नचाहेको बताएका छन् । सभामुखले संसदीय परम्परा, मूल्य मान्यता र प्रतिनिधिसभा नियमावलीबारे बारम्बार सजग गराएपनि एमालेले त्यो सुन्नै नचाहेको उनको भनाइ छ ।

मंगलबारको प्रतिनिधिसभा बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै सांसद बडुले संसदमा उठेका कालो धन लगायतका विषयमा सम्बन्धित पक्षले जवाफ दिनका लागि पनि संसद खोल्नुपर्ने बताए ।

‘कालोधनको नारा दिनुहुन्छ, त्यसको जवाफ दिने कसले ? उहाँले एकोहोरो नारा त लगाइरहनुभएको छ । संसदीय परम्परा, मान्यता र हाम्रो प्रतिनिधिसभा नियमावलीले भनेका विषयहरु सभामुखले एकोहोरो सुनाइरहनुभएको छ, तर उहाँहरु त्यसलाई सुन्न तयार हुनुहुन्न,’ उनले भने, ‘सम्बन्धित पक्षले जवाफ दिन्थ्यो होला हाउसमा, हाउस चल्न दिएको भए । जे–जे नारा दिनुभएको छ पर्याप्त छ । अब त्यसको जवाफ सुन्नलाई हाउस चल्न दिनुपर्छ अनि मात्र उहाँहरुको एकोहोरो नाराको अर्थ हुन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?