+
+

चीनले ताइवानलाई कब्जा गरे एसियाका लागि विनाशकारी : राष्ट्रपति वेन

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज १९ गते १५:५८

१९ असोज, काठमाडौं । ताइवानकी राष्ट्रपतिले आफ्नो देशलाई चीनले कब्जा गरे एसियाको शान्ति र प्रजातन्त्रमा विनाशकारी परिणाम हुने बताएकी छन् । राष्ट्रपति त्साई इङ वेनले ताइवानले सैन्य टकराव नचाहेको बताएकी छिन् । यद्यपि आफ्नो रक्षाको लागि आवश्यक कदम भने ताइवानले उठाउने उनको भनाइ छ ।

पछिल्लो समय चीनले ताइवानमाथि दबाब बढाइरहेको समयमा ताइवानकी राष्ट्रपतिको यस्तो भनाइ आएको हो । चीनले ताइवानलाई आफ्नो एक प्रान्त मान्दै आएको छ । पछिल्लो चार दिनमा चीनका करिब डेढ सय चिनियाँ फाइटर विमान ताइवानको हवाई रक्षा क्षेत्रमा प्रवेश गरिसकेका छन् ।

चीन र ताइवानको विवादमा अन्य मुलुकले पनि चिन्ता व्यक्त गरेका छन् । जापानका विदेशमन्त्री तोशिमित्सु मोतेगीले यो विवाद कूटनीतिक माध्यमबाट समाधान हुने विश्वास व्यक्त गरेका छन् । उनले यो घटनालाई नजिकबाट नियालिरहेको र उनीहरुबीच उत्पन्न हुन सक्ने सम्भावित अवस्थाको विकल्पको लागि पनि तयार रहेको बताएका छन् ।

चीनले भने यो क्षेत्रमा अमेरिका र उसका सहयोगी मुलुकको युद्धपोतको कारण समस्या उत्पन्न भएको बताएको छ ।

एजेन्सीहरुको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?