+
+

बोर्ड अध्यक्षलाई भुवनको सुझाव–‘राजीनामा दिनु परे दिनुहोस् तर पछि नहट्नुहोला’

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज १९ गते १६:२४

नायक भुवन केसीले यसअघि आफ्नो विवाद सिनेमा हल र वितरकसँग भएपनि अहिले आफू हलको समर्थनमा रहेको बताएका छन् । मंगलबार चलचित्र विकास बोर्डमा आयोजित कार्यक्रममा केसीले भने–‘हलले नेपाली चलचित्रलाई अलि बढी पेल्यो, विदेशी चलचित्रलाई पहिलो प्राथमिकतामा राख्यो भन्ने लडाई त अझ पनि जारी छ । तर, अहिले म हलको पक्षमा छु । जब सिनेमा हल नै रहँदैन भने न हामी कलाकार रहन्छौं, न हाम्रो कलाकारिता रहन्छ ।’

उनले अहिलेको परिस्थितिमा हललाई कुनै पनि हालतमा बन्द हुने अवस्था आउन दिन नहुने बताए । त्यसका लागि सरकारले चासो दिनुपर्ने केसीको भनाई थियो । केसीले बोर्ड अध्यक्ष दयाराम दाहाललाई सुझाव दिदै भने–‘बरु, राजीनामा दिने परिस्थिती आउँछ भने दिन तयार रहनुहोला ।

तर, अहिले चलचित्र क्षेत्रलाई चलायमान बनाउनका लागि गर्नुपर्ने सबै कोशिश गर्नुहोस् ।’ नायक केसीले नेपाल सरकारले चलचित्र उद्योगलाई प्राथमिकतामा नराखेकोमा दुःख पनि व्यक्त गरे । उनले भने–‘नेपाली चलचित्र उद्योग, नेपाल राष्ट्रको उद्योग हो । संसारभरी हरेक देशमा आफ्नो चलचित्र उद्योगलाई सरकारले पहिलो प्राथमिकतामा राख्छ । तर, हाम्रो उद्योग किन तेस्रो, चौथो प्राथमिकतामा परिरहेको छ ?’

उनले प्रश्न गरे–‘सरकारको पहिलो प्राथमिकतामा नेपाली कला, नेपाली संस्कृति, नेपाली दर्शक, नेपाली सिनेमा, नेपाली भाषा हुनुपर्छ होइन र ?’

यस विषयमा धेरै पटक आवाज उठाईएपनि सुनुवाई नभएको उनको गुनासो थियो । अहिले चलचित्र उद्योग संकटमा रहेको अवस्थामा सबै जना एकजुट भएर चलचित्र क्षेत्रलाई चलायमान बनाउनुपर्ने भुवनको तर्क थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?