+
+

पिता साहरुखसँग ‘पठान’को सुटिङमा व्यस्त आर्यन ड्रग्स पार्टीमा कसरी पुगे ?

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज १९ गते १७:११

बलिउड नायक साहरुख खानका छोरा आर्यन खानलाई शनिबार मध्यरातमा मुम्बइको एक क्रुज पार्टीबाट एनसीबीले पक्राउ गर्यो । क्रुजमा एक हजार भन्दा बढी मानिसहरु सहभागी थिए । तर, एनसीबीले छापा मारेर ८ जनालाई मात्र गिरफ्तार गरेको थियो । जसमा आर्यनको नाम सबैभन्दा बढी चर्चामा छ ।

भारतीय मिडियाका अनुसार, आर्यन यो पार्टीमा सहभागी हुने मुडमा थिएनन् । उनी, आफ्ना पिता साहरुख खानसँग ‘पठान’ नामक चलचित्रको सुटिङमा व्यस्त थिए । तर, आफ्ना एक नजिकका साथीले आग्रह गरेपछि आर्यन क्रुजमा पुगेका थिए ।

क्रुजमा सहभागी अन्य मानिसहरुलाई मेडिकल परिक्षण नै नगरी क्लिन चिट दिइएको तर आर्यनसहित ३ जनालाई मात्र कारवाही प्रक्रिया अगाडि बढाइएपछि एनसीबीको कारवाहीमा नै धेरैले आपत्ती जनाएका छन् । सामाजिक संजालमा अहिले यो बिषयमा चर्को बहस भैरहेको छ ।

आर्यनका वकिल सतिश मानसिन्देले अदालतमा बयान दिने क्रममा आयोजकको निमन्त्रणामा आर्यन क्रुजमा पुगेको बताएका छन् । उनले, आर्यनको साथमा क्रुजको टिकट पनि नभएको र उनको साथबाट केही पनि बरामद नभएको उल्लेख गरेका छन् ।

एनसीबीका कर्मचारीले आर्यनको मोबाइल फोन समेत जाँच गरेका छन् । उनको मोबाइलबाट पनि केही नभेटिएको मानसिन्देको दाबी छ । यसैले, एनसीबीले आर्यनसहित अन्य ३ जनालाई मात्र किन पक्राउ गर्यो भन्ने बिषयमा अहिले प्रश्न उठ्न थालेको छ ।

मिडिया दाबी अनुसार, आर्यनले आफू क्रुजमा जान लागेको जानकारी आफ्ना एक नजिकका साथीलाई मात्र दिएका थिए । एनसीबीलाई आर्यन र अरबाज मर्चेन्ट कतै पार्टीमा रमाइरहेको खबर पहिले नै थाहा भएको समेत मिडियाको दाबी छ ।

मिडियाका अनुसार, क्रुजमा आर्यनको नाममा कुनै पनि कोठा बुक गरिएको थिएन । तर, आर्यन र अरबाज मर्चेन्टका लागि फरक–फरक कम्प्लिमेन्ट्री कोठा बनाइएको थियो । जब, आर्यन उक्त कोठामा जाँदै थिए, एनसीबीका अधिकारीले उनलाई भित्र प्रवेश गर्न दिएनन् ।

अधिकारीहरुले क्रुजमै आर्यन र अरबाजको तलासी लिएका थिए । आर्यनको साथबाट केही पनि नपाइएको मिडियामा उल्लेख छ । अरबाजको जुत्तामा भने चरसको पाउडर मिलेको थियो । एनसीबीका अधिकारीहरुले भारतीय मिडियालाई दिएको बयानमा आर्यन र अरबाज लगातार ड्रग तस्करहरुको सम्पर्कमा थिए ।

आर्यनले आफू पार्टीमा जान लागेको जानकारी आफ्नो परिवारलाई दिएका थिएनन् । गिरफ्तारीमा परेपछि आर्यनले सबैभन्दा पहिले पिता साहरुख खानका म्यानेजरलाई फोन गरेका थिए । आर्यनलाई अक्टुबर ७ सम्म न्यायिक हिरासतमा राख्न एनसीबीलाई अदालतले आदेश दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?