+
+

निमिशा र शुभाङ्गी क्वार्टरफाइनलमा

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज १९ गते २०:४५

१९ असोज, काठमाडौं । निमिशा ढकाल र शुभाङ्गीलक्ष्मी शाह दोस्रो टिम टेनिस नेपाल जेटीआई जुनियर ओपन टेनिस प्रतियोगिताको यु–१६ गर्ल्स सिंगल्समा मंगलबार क्वार्टरफाइनलमा प्रवेश गरेका छन् ।

टिम टेनिस नेपालको आयोजनामा धापाखेलमा भइरहेको प्रतियोगितामा निमिशाले कृषा अधिकारीलाई ६–१ र ६–३ तथा शुभाङ्गीले आध्या पौडेललाई ७–६ र ६–२ को सोझो सेटमा पराजित गरे ।

यु–१० गर्ल्स सिंगल्समा आयुशा जिसीले मालाश्री सिंहलाई ६–० र ६–० को सोझो सेटमा हराउँदै फाइनलमा प्रवेश गरिन् । फाइनलमा आयुशाको भेट शिभाली गुरुङसंग हुने छ । शिवाली बाइ पाउँदै फाइनल पुगेकी हुन् ।

यु–९ गर्ल्स सिंगल्समा आयुशा जिसीले निश्भीरत्न गोर्खालीलाई ४–० र ४–०, आयुश्रीहजुर घलेले सारा पन्तलाई ५–३, २–४ र ११–९, अनुश्री ध्वजुले जोया जोशीलाई ४–० र ४–२ तथा मेरिशा थापाले मालाश्री सिंहलाई ४–० र ५–३ ले पन्छ्याउदै सेमिफाइनलमा स्थान सुरक्षित गरे ।

यु–१४ गर्ल्स सिंगल्समा प्राज्ना मानन्धर, समृद्धि महर्जन, जेनी खड्का, कृषा अधिकारी र कर्मिस्था श्रेष्ठ आ–आफ्नो प्रतिद्वन्द्वीलाई हराउँदै क्वार्टरफाइनलमा पुगे । सुनिरा थापा, आध्या पौडेल र प्रशंसा मोक्तान पनि बाइ पाएर क्वार्टरफाइनलमा पुगे ।

यु–९ ब्वाइज सिंगल्स साम्खाहाङ राईले आर्यनराज पौडेललाई ४–१ र ४–० तथा सन्जोग ब्लोनले विश्वविशेष दल्लाकोटीलाई ४–१, १–४ र १०–८ ले पाखा लगाउँदै उपाधि भिडन्त पक्का गरे । यु–१० ब्वाइज सिंगल्समा बृजेश अर्यालले सिद्धान्त प्रधानलाई ६–० र ६–०, आद्रित नेपालले असभसम्राट हाडालाई ६–४ र ६–१, साश्वत बज्राचार्यले स्पर्श तिमल्सिनालाई ६–४ र ६–३ तथा अबिर श्रीवास्तवले आभाषनाथ श्रेष्ठलाई ६–० र ६–० को सीधा सेटमा पराजित गर्दै क्वार्टरफाइनल यात्रा तय गरे ।

प्रतियोगिताको नेपाल टेनिस संघकी अध्यक्ष ज्योति राणाले एक कार्यक्रमबीच उद्घाटन गरिन् । शनिबार सम्पन्न हुने १४ स्पर्धा समावेश प्रतियोगितामा १ सय २५ खेलाडी सहभागी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?